• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
खेलकुद

ओमानमाथि नेपालको जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।

 

अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो। नेपालले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको थियो भने ओमान ३७ ओभर एक बलमा १२१ रन जोड्दै अलआउट भएको थियो। 

 

ओमानका लागि जीशन मक्सूदले ४१, जतिन्दर सिंहले १३, नसीम खुशीले १२ र कलीमुल्लाहले ११ रन जोडेका थिए। यस्तै करन केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिए। शरद भेषावकरको नाममा दुई विकेट रह्यो।

 

१२२ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको नेपालले १८ ओभर दुई बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। यस्तै आशिफ शेख ४० रन बनाएर आउट भए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार