• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024
स्वास्थ्य

डा.जागेश्वर गौतमलाई वीर अस्पतालको प्रशासकीय अधिकारीबाट हटाइयो

काठमाडौं । डा.जागेश्वर गौतमलाई कोभिड युनिफाइड अस्पतालका प्रशासकीय अधिकारीबाट हटाइएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोगअस्पतालमा सरुवा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै  डा.गौतमलाई हटाएको हो । 

 

डा.गौतमलाई १० जेठमा स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी तोकिएको थियो । गौतमविरुद्ध उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका आरोपमा वीरका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार