थप ८२ जनाको मृत्यु भएको सीसीएमसीद्वारा पुष्टि, ९४ जना संक्रमण मुक्त
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले थप ८२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११२ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ८४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २२३ पुगेको छ । हाल देशभर ७७० जना आइसोलेसनमा र ६६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस