• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
श्रृङगार

रोज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको २० औं बार्षिक उत्सव सम्पन्न

काठमाडौं । बरिष्ठ ब्युटिसियन तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजितको अध्यक्षता एवम् प्रबन्ध निर्देशक परिसी कारंजितको सभापतित्वमा व्युटी पार्लरले एक कार्यक्रमको आयोजना गरी २० औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।   

 

कार्यक्रममा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका बिधार्थीहरुले फेशन शो, डान्स, सँगै अन्य कलाकरहरुको गीत संगीत, बिटबक्सिंग,क्यारिकेचर जस्ता मनोरञ्जनात्मक प्रस्तुती देखाएका थिए । रोज बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकास तालिम केन्द्रकी अध्यक्षत सोनी कारंजितले आफ्नो संस्था स्थापना  गरेदेखि यो २० वर्षसम्मको यात्राको सफलताबारे बताइन । 

 

वार्षिक उत्सबमा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका सिटिभिटिबाट फस्ट लेबलको तालिममा उत्र्तीण भएका र रोजबाट ब्युटिसियन सम्बन्धि डिप्लोमा, एडभान्स, बेसिक कोर्ष सम्पन्न गरेका १०० जना भन्दा बढी विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बा मानन्धर एव मोडल रोमी खड्गी निर्णायक रहेको रोज फेशन शो एव मोडेल प्रतियोगितामा जोया खातुन उत्कृष्ट मोडल बन्न सफल भईन भने, इन्ता श्रेष्ठको डिजाइन एव सरु जोशीको  करियोग्राफी रहेको फेशन सोमा शिलाश्मा हमाल शो स्टपरको रुपमा देखा परेकी थिइन ।  

 

कार्यक्रममा हास्य कलाकार राजाराम पौडेल, पल्पसा डंगोल, कोरियाग्राफर तथा कलाकार प्रशान्त ताम्राकार ,पत्रकार डब्बु क्षेत्री , सुर्यचंद, गायिका एव गायिका एव ब्युटिसियन सरिता भारती लगयात नव ब्युटिसियनहरुको उपस्थिति रहेको थियो । 

 

कोरोनाको महामारीले कार्यक्रम सोचेको जस्तो गर्न नसकेपनि आगामी दिनमा अझ भब्यताका साथ मनाउने योजना रहेको रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका अधय्क्ष सोनी कारन्जितले जानकारी दिइन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार