मौसम अनुसार छालाको स्याहार र मेकअप

जयन सुब्बा मानन्धर, काठमाडौं । सुन्दर र आकर्षक देखिन राम्रो पहिरन लगाएर मात्र हुँदैन,सौन्दर्यमा पनि त्यति नै ध्यान दिनुपर्ने हुन्छ । सौन्दर्य भित्र छालाको स्याहारदेखि मेकअप सबै पर्छन । सुन्दर देखिन मौसम अनुसार सही मेकअप गर्न आवशयक छ। गर्मी याममा पसिना र बर्षातमा पानीले गर्दा मेकअप बग्ने डर हुन्छ भने जाडोमा छाला सुखा भएर मेकअप फुस्रो देखिने डर हुन्छ । त्यसैले हरेक मौसमलाई ध्यानमा राखेर मेकअप गर्दा आफ्नो सुन्दरतालाई कायम राख्न सकिन्छ ।
प्राय जाडोमा मेकअप गर्दा सुखापनमा बिशेष ध्यान दिनुपर्ने हुन्छ । चिसो मौसममा पाउडर र फाउन्डेसन ,आइलाइनर ,गाजल लिपस्टिक जस्ता कस्मेटिक सामानको प्रयोग गर्दा फुस्रो देखिने हुन्छ । केही उपाय अपनाएर यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
जाडोयाममा धेरै युवती जति कम मेकअप गर्यो त्यति राम्रो भन्ने सोच राखछन् । तर यो सोच एकदमै गलत हो्र चिसो मौसममा स्मुद मेकअपले मद्धत गर्न सक्छ । ओइली स्किन हुनेहरुले जाडो मौसममा मेकअप गर्नु अघि प्राइमर प्रयोग गर्नुपर्छ । यसले मेकअपलाई अनुहारमा लामो समयसम्म टिकनमा सहयोग गर्छ ्रसाथै यसले राती वा दिनको कार्यक्रमका लागि गरिएको हेभी मेकअपलाई पनि ढाक्ने गर्छ । प्राइमर प्रयोग गर्दा आफ्नो स्किन टोनसंग मिल्ने लगाउनु पर्छ । यदि बिहान प्रयोग गर्ने हो भने मोस्चराइजरयुक्त सनक्रीम यसमा मिलाउँदा राम्रो हुन्छ ।
आजभोली एसपीएफयुक्त फाउन्डेसनको प्रयोग असरदार मानिन्छ । सफा छाला भएका महिलाहरुले प्राइमरको प्रयोग गर्नु हुँदैन । सफा छाला हुनेहरुले बीबी क्रीमको प्रयोग गर्नुपर्छ । त्यसपछि लाईटकोट ट्रीटेड मोस्चरराइजर प्रयोग गर्दा राम्रो हुन्छ । त्यसका साथै लिक्विड या क्रीम फाउन्डेशन पनि प्रयोग गर्न सकिन्छ । फाउन्डेशनको प्रयोगले अनुहार नरम देखाउन मदत गर्छ ।
चिसो मौसममा हेभी फाउन्डेशनको साटो छालासँग मेल खाने फेश पाउडर लगाउनु पर्छ । त्यहिँ अनुसार सही टोनको कम्सिलरको प्रयोग गर्नुपर्छ । यसले आँखाको छेउछाउमा चिपचिप नआउने हुन्छ । त्यसको साथै ठुलो ब्रसले अनुहारमा भएको एक्स्ट्रा ओइल निस्कन्छ ।
यो मौसममा मेकअप टचअप घरि घरि गर्नु हुँदैन । चिसो मौसममा ठुलो मेकअप ब्रशले लाइट कलर पाउडर ब्लस्को प्रयोग गर्नुपर्छ । यसो गर्नाले गालामा एकै रुपमा ब्लस लाग्ने हुन्छ । आईस्याडो लगाउनु अघि आँखाको छेउछाउमा प्राइमरको प्रयोग गरियो भने चाउरीपन छोपिन्छ ।
प्रतिकृया दिनुहोस