नयाँ बानेश्वरमा रेडियो अडियोको गाईजात्रा विशेष कार्यक्रम

काठमाडौं । गार्इजात्राको अवसर पारेर आज नयाँ बाँनेश्वरमा रेडियो अडियोले गार्इजात्रा विशेष कार्यक्रम आयोजना गर्यो । सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा विभिन्न हाँस्य कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा कलाकार दिपाश्री निरौला, दिपकराज गिरी, केदार घिमिरे माग्ने बुढा, जितु नेपालको साथमा चलचित्र प्रेमगीत २ बाट निर्माता सन्तोष सेन, नायक प्रदिप खड्का र नायिका अश्लेषा ठकुरीको लगायतका कलाकारको उपस्थिति थियो ।
कार्यक्रममा हाँस्य कलाकारहरु राजा राजेन्द्र, कमल गाउँले, गायक तथा संगीतकार टिका भण्डारीले देशको समसामयिक बिषयमा व्यङ्ग्य गरेका थिए ।
दीपा, केदार र साथमा दीपकराज गिरी र जितु नेपालले पनि दर्शकलाइ मज्जाले हसाँएका थिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस