कांग्रेस केन्द्रीय सदस्यमा बाला अधिकारी निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बाला अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
पेशागत विषयगत क्षेत्रको महिला खुला समूहबाट उमेदवारी दिएकी अधिकारीले कुल २ हजार १ सय ९४ मत प्राप्त गरेकी छन ।
शैक्षिक अनुसन्धान र राजनीतिमा सक्रिय अधिकारी संग नेपाल पत्रकार महासंघको कार्यवहाक अध्यक्ष भई पेशागत संगठनको नेतृत्व गरेको अनुभव छ ।
उनले आफ्नो राजनीतिक अनुभवसँगै पत्रकारिता क्षेत्रमा हासिल गरेको ज्ञानलाई पार्टीको नीति, संगठन निर्माणमा लगाउने बताएका छिन ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस