ढकाल 'मिस नेपाल २०२६'
काठमाडौं । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जिेतकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा कसिस सुब्बाले मिस नेपाल कस्मो–२०२६ को उपाधि जितिन भने आर्या निशात मिस नेपाल इन्टरनेसनल, २०२६ घोषित भएकी थिइन।
ढकाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् । हाल उनी नेपाल क्यान्सर अस्पतालको गुडविल एम्बास्डरका रूपमा सामाजिक क्षेत्रमा सक्रिय छिन् ।
मिस वल्र्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने आफ्नो अभियानलाई विश्वस्तरमा पुर्याउने लक्ष्य रहेको उनले बताइन । ढकाल परिवार र मिस नेपालबिच विशेष सम्बन्ध छ । उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस