• बुधबार १-१६-२०८३/Wednesday 04-29-2026
देश/प्रदेश

समावेशिताको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न जोड

काठमाडौं । महिला आन्दोलनका ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सस्थागत गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।   

 

वैशाख १३-१४ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा महिला अधिकारकर्मी, नीति–निर्माता, नागरिक समाजका प्रतिनिधि तथा देशका विभिन्न प्रदेशबाट आएका अधिकारकर्मी महिलाहरुले बहिष्करणमा परेका महिलाका आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउनु पर्नेमा जोड दिए ।

 

संकल्पद्वारा आयोजित “बदलिँदो परिस्थितिमा महिला आन्दोलन ओझेलमा परेका आवाजहरू” विषयक राष्ट्रिय सम्मेलनसमा न्यायपूर्ण समाज निर्माणका लागि १३ बुँदे काठमाडौं घोषणा पत्र, २०८३ जारी गर्दै समापन भएको छ।

 

घोषणापत्रमा सहभागीहरूले संविधानले सुनिश्चित गरेको समावेशीताको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। महिलाका ऐतिहासिक योगदानको अभिलेखीकरण गर्दै सीमान्तकृत समुदायका महिलाका मुद्दालाई मुलधारमा ल्याउन पनि कार्यक्रमका सहभागीले जोड दिएका छन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार