• शुक्रबार १-११-२०८३/Friday 04-24-2026
राजनीति

गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले  राजीनामा दिएका छन्।  उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामा घोषणा गरेका हुन् । २०८२ चैत १३ गतेदेखि सम्हालेको जिम्मेवारीबाट आजैदेखि लागू हुने गरी पद त्यागेको घोषणा गरेका हुन्।

 

नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीर रुपमा लिएको उनले बताएका छन् । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनको भनाइ छ । “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन्।

 

देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवापुस्ताको आवाजलाई संकेत गर्दै उनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने बताएका छन्। साथै, आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुन सकोस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे।

 

उनले आफ्नो निर्णयलाई “नैतिक जिम्मेवारीको निर्वाह” भन्दै सञ्चारकर्मी, नागरिक समाज र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार