• शुक्रबार १-११-२०८३/Friday 04-24-2026
देश/प्रदेश

खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।  सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि थुनामुक्तिको आदेश दिएको हो । 

 

खड्कालाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा थिए । खड्काको थुना कानुनसम्मत नभएको ठहर सर्वोच्चको छ । तर, विदेश जानको लागि अदालतको आदेश अनिवार्य गरिदिएको छ ।  खड्काको रिटमा सर्वोच्च्ले बुधबार (वैशाख २) ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ विहीबार १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो । 

 

खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले रिट दायर गरेकी थिइन् । खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार