• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
मनोरञ्जन

अर्याल र बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार'

काठमाडौं । नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको अनुसन्धानमा समर्पित भए बापत युवा प्राज्ञद्वय डा.अम्बिका अर्याल र डा.त्रिभुवन बरईलाई 'नइ कपिल प्रज्ञा पुरस्कार' प्रदान गर्ने निर्णय गरेक‍ो छ । एकेडेमीका कुलपति  इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

 

सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको सम्मानमा 'नइ कपिल प्रज्ञा पुरस्कार' को स्थापना गरिएको जनाइएको छ ।  पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रूपियाँ रहेका छन् ।

 

चैत २७,२८ र २९ गते सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ का अवसरमा 'नइ कपिल प्रज्ञा पुरस्कार' प्रदान गरिने कुरा सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जानकारी दिए

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार