मधेशमा दशैंको रौनक
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान पर्ब घटस्थापनादेखि बिधिवत रुपमा शुरु हुने १० दिने दशैं नेपालका जनताहरु हर्षोउल्लासका साथ मनाउने गर्दछन । दशैंमा खासगरि पहाडी समुदायमा दस दिन मासु खाई रमाईलो गर्दे मनाउने चलन रहदै आएको छ । तर मधेशमा भने दशैंको दश दिन अलि फरक तरिकाले मनाउने गरिन्छ ।
मधेशमा दशैंको रौनक दशैं आउनु भन्दा एक महिना अघि देखि नै शुरु भई हाल्छ । दशैंमा खासगरि मधेशी समुदायका मान्छेहरु नवरात्री भनेर बिशेष तरिकाले मनाउने गरेका छन । दशैंमा देबी दुर्गाको दस दिन पुजा गर्नको लागि यस समुदाय ब्यक्तिहरु आफनै गाउँठाउँमा रहेको दुर्गा मन्दिरमा सामुहिक रुपमा भेला भएर ९ दिनसम्म ब्रत बस्ने गरेका छन ।
मधेशका प्राय शहरदेखि गाउँगाउँसम्म देबी दुर्गाको मुर्ति स्थापना गरि सामुहिक रुपमा पुजापाठ गर्ने चलन रहीआएको छ । सामुहिक रुपमै पुजा गर्नको लायि यहााका स्थानीयबासीहरु एक महिना अघि देखि नै गाउ टोलमा मुर्ति स्थापना गर्नको लागि चन्दा सँकलन गर्ने गर्दछन ।यहाका एउटै टोलमा पनि कम्तिमा एक देखि १० लाख सम्मको लगानीमा देबी दुगाको मुर्ति स्थापना गरि पुजा पाठ गर्ने गरिएको छ ।
दशैंमा नेपाली समुदायमा मासु खाएर रमाईलो गर्ने प्रचलन रहेको भएपनि मधेसी समुदायमा दशैंको दस दिन नवरात्रीको पुजापाठ गर्ने ब्यक्तिदेखि लिएर उसको घर परिवार ,छर छिमेकीमा पनि मासु खाने गर्देनन । नवरात्रीको पुजा गर्ने ब्यक्तिहरु बिहान बेलुका दुर्गा मन्दिरमा गई वा स्थापना गरिएको दुर्गा माताको मन्दिरमा गएर पुजा पाठ गर्ने गर्दछन ।यो दस सदनको अवधिमा उनीहरुले नुन बाहेकका खानाहरु खने गर्दछन ।
यो अवधिमा उनीहरु दश दिनसम्म फलफुल दुध दहीमात्र खाएर नौ दिनसम्म नवरात्रीको पुजा गर्ने गरेका छन । दशैं शुरु हुने पहिलो दिन घटस्थापना को दिन नवरात्रीको पुजा गर्ने गाउँठाउँबाट भब्य रुपमा जलयात्रा गरिन्छ । नजिकैको नदी तलाउबाट कुमारी कन्याहरु घैटोमा जल भरेर गाउको परिक्रमा गर्दे पुजा स्थलमा जल लग्ने गरेका छन । दश दिनसम्म मधेशमा नवरात्री भनेर पनि दशैंलाई चिनिने गरिन्छ । नवरात्री पुजामा सहभागी हुने ब्यक्तिहरु नो दिनसम्म बिहान बेलुका देबी दुर्गाको पुजा गरेपछि दशौं दिन पारन गर्ने गर्दछन ।
प्राय हरेक बर्ष नै नवरात्रि पुजा गर्दे आएका स्थानीय मनोज पासवानले आफु जागिरे भएकोले सप्तमीदेखि भने नवरात्रीको पुजापाठ गर्ने बताए । यस्तै बिरगंज महानगरपालिकाको वडा नम्बर २१ परवानीपुरमा स्थानीयवासीहरुले आफनै खर्चमा देबी दुर्गाको मुर्ति स्थापना गरेर पुजापाठ गरिरहेका छन ।
त्यस्तै बाराको परवानीपुर गाउपालिकाको चैनपुर टोलमा पनि स्थानीयबासीहरु न्वरात्रिको पुजा गरिरहेका छन । यसैगरि पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुरीमा पनि देबी दुर्गा भवानीको मुर्ति स्थापना गरि पुजा पाठ गरिरहेका छन । टोल ठुलो भएका कारण बिभिन्न छुटाछुटै समुह बनाएर पनि मधेसमा नवरात्री पुजा गर्ने गरिन्छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस