रिलायबल समृद्धि योजना आजबाट बिक्री खुल्ला हुने

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “रिलायबल सामूहिक लगानी कोष”अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना“रिलायबल समृद्धि योजना” आजबाट बिक्री खुल्ला हुने भएको छ, जसको रकम १ अर्ब रुपैँया रहेको छ । जस मध्ये ८ करोड पचास लाख इकाई अथवारु ८५ करोड रुपैया बराबरको सार्वजनिक निष्काशन( IPO) मार्फत विक्री खुल्ला गरिएको छ ।
यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बित्रि mगर्न सकिनेछ । यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।
रिलायबल सामूहिक लगानीकोषको सार्वजनिक निष्काशन मिति २०८२/०१/०३ गतेदेखि छिटोमा २०८२/०१/०७ गते र ढिलोमा २०८२/०१/१७गते सम्म खुल्ला हुँदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्तितथा संस्था) यस योजनामा न्यूनतम रु १ हजार देखि अधिकतम रु १० करोड सम्म लगानीका लागि सी–आश्वाखाता रहेको बैँकवा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्निे छ । कम्पनीले शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको छ ।
प्रतिकृया दिनुहोस