• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
रंगमञ्च

कचहरी नाटक ’चुप’ मञ्चन

काठमाडौं । महिला हिंसा विरूद्ध दृश्य सादृश्यले कचहरी नाटक ’चुप’ मञ्चन गरिएको छ । १६ दिने लौङ्गिक हिंसा विरूद्धमा दृश्य सादृश्यले कचहरी नाटक ’चुप’ मञ्चन भएको हो ।

 

नाटकको लेखन सालिक भण्डारीको रहेको छ भने, निर्देशक सरस्वती अधिकारी रहेकी छिन् । ओरेक नेपाल सँगको सहकार्यमा दृश्य सादृश्यले नाटक  बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा मञ्चन गर्ने भएको हो । 

 

नाटकले बाल विवाह, लौङ्गिक हिंसा विरूद्धको कथा बताउँछ । नाटकमा प्रभाकर न्यौपाने, दीपमाला परियार, उन्नत उप्रेती, अस्मिता ढकाल, शान्ति भट्टराई, , प्रतिक दुलाल, सालिकराम भण्डारी र सरस्वती अधिकारी अभिनय रहेको छ । दृश्य सादृश्यले १६ दिने लौङ्गिक हिंसा विरूद्धमा कचहरी नाटक प्रस्तुत गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार