• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
स्वास्थ्य

स्वास्थ्य बीमालाई व्यवस्थीत बनाइने : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमालाई व्यवस्थीत तवरले अघि बढाउने बताएका छन् । 

 

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले अहिले स्वास्थ्य बीमाका सन्दर्भमा धेरै गुनासो आइरहेको भन्दै यसलाई व्यवस्थीत तवरले अघि बढाउने बताएका हुन । एक ठाँउमा बीमा गरेका बिरामीले जुनसुकै ठाँउमा पुगेरपनि सुविधा लिन सक्ने गरि तयारी गर्न  उनले बताए।

 

बस्नेतले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्नका लागि स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनका लागि ध्यान केन्द्रीत गरेको जिकिर गरे । उनले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन जनशक्तिको दरबन्दी थप्ने तयारी भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार