• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
प्रवास

सर्वदलीय बैठक : इजरायलमा रहेका नेपालीलाई तुरुन्तै नेपाल ल्याउने प्रबन्ध गर्न माग

काठमाडौं । राजनीतिक दलहरुले सरकारलाई इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थलमा लैजाने गरी उद्धारमा गम्भीर हुन  सुझाव दिएका छन् ।

 

इजरायलको युद्धमा फसेका नागरिकलाई उद्धारमा ढिलाइ गर्न नहुनेमा दलहरुले जोड दिए।स्वदेश फर्किन चाहानेहरुलाई तुरुन्तै जहाज पठाएर नेपाल ल्याउने प्रबन्ध गर्न पनि उनीहरुले सरकार संग आग्रह गरेका छन ।

 

पछिल्लो लडाइँका क्रममा मारिएका नेपालीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ ‘तत्काल राहत स्वरूप उपलब्ध गराउने’ सरकारले निर्णय गरेको छ।अहिलेसम्म १० जना नेपालीको निधन भएको र चार जना घाइते भएको पुष्टि भइसकेको छ।

 

 इजरायलको गाँजा क्षेत्र नजिक रहेका नेपालीहरु जोखिममा परेपछि सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिँदैछ ।इजरायल र हमासबीच शनिबारदेखि जारी युद्धमा दुवैतर्फ करिब एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हमासका लडाकुहरुले इजरायलका सर्वसाधारण र सैनिक गरी एक सयभन्दा बढीलाई बन्दी बनाएको समाचारहरु आइरहेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार