आज हरितालिका तीज र विश्वकर्मा पूजा

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। आज राजधानीको पशुपतिनाथलगायत विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ। त्यस्ता ठाउँहरूमा महिलाहरू भेला भई सांगीतिक एवं नाचगानको कार्यक्रम गर्ने गर्छन्।
तीजका दिन कोटेश्वरको कोटेश्वर महादेव, भक्तपुरको डोलेश्वर, साँगा महादेव, ललितपुरका तिलेश्वर, कालेश्वर र सन्तानेश्वर महादेवका मन्दिरका साथै सतीदेवीका अंग पतन भएका शक्तिपीठ र आराध्यदेव महादेवका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
दियो–कलश गणेश थापी माझमा थालीमा शिव पार्वती सम्झेर साँझ हरितालिकाको पूजा लगाउने चलन छ। तीजको व्रत भने भोलिपल्ट गौदान र पूर्णपात्रो गरेपछि मात्र पूर्ण हुने विश्वास गरिन्छ। यसपटक भोलिपल्ट सूर्योदय मात्र चौथी तिथि र त्यसलगत्तै पञ्चमी तिथि लाग्ने ज्योतिष पण्डित माधवप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान स्नान गरी गौदान पूर्णपात्रो गरेर उद्यापन गर्ने र त्यसपछि फेरि नुहाइधुवाइ गरी दतिवन लगाउनुपर्नेछ। त्यसपछि पञ्चमी पूजा लगाउनुपर्छ।
हरितालिकाको पर्सिपल्ट पञ्चमीका दिन अरुणधती सहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ। पञ्चमीका दिन महिनावारीबाट हुने छुवाछुतबाट हुने दोषबाट मुक्त हुन यस दिन व्रतसहित सप्तऋषिको पूजा गर्ने गरिन्छ। यसदिन बिहानै महिलाहरूले ३६५ वटा दतिवन पनि लगाउने गर्छन्।
काठमाडौँमा रहेको पशुपति नाथ मन्दिरमा ब्रतालु महिलाहरुको विशेष भिड लाग्छ । उक्त भिडलाई ब्यवस्थापन गदै ब्रतालुलाई सहजढंगले दर्शनको ब्यवस्था गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । विकास कोषका दर्शनार्थीलाई सहज ढंगले दर्शन गर्न पाउन भन्ने हेतुले बिहान ३ बजेदेखि नै मन्दिर परिसरको चारवटै ढोका खुल्ला गरिने बिकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, यसपटक बिकास कोष जुत्ता चप्पल राखन्े देखि लिएर दर्शनार्थीहरु दर्शन गरेर फर्कन समेत गाह्रो नहुने बनाएको छ। दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि पनि बनकालीबाट एउटा लाइन, तिलगंगाबाट एउटा र राममन्दिरबाट एउटा लाइनको व्यवस्था गरेको अधिकारीले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, ससस्त्र प्रहरीसँग कोषका सुरक्षकर्मीहरु पनि मन्दिर परिषरमा खटिने छन् । साथै मन्दिर भित्र सकेसम्म महिला सुरक्षाकर्मीलाई मात्र प्रवेश गर्न व्यवस्था मिलाईएको पनि अधिकारीले बताउनुभयो । संचारकर्मीहरुको हकको लागि भने सुचना बिभागको कार्ड र भिडियो लाईभ गर्नेहरुको लागि अफिसले पठाएको पत्र चाहिने उहाँको भनाई छ । यस्तै पार्किङको व्वयस्था भने लाइनहरुलाई पाएक हुने गरी सिफल चोक, तिलगंगा आँखा अस्पताल,कोषको कार्यालय र गौशला प्रहरी वृतमा मिलाईएको अधिकारीले बताउनुभयो। स्वास्थ शिविरमा भने २४ घण्टा नर्स र डाक्टर र नेपाली सेनाको ठुलो शिविर रहने छ ।
यस वर्ष असोज १ गते नै विश्वकर्माको पनि पूजा गर्ने दिन पनि परेको छ । यस दिन कलकारखाना, हातहरियार र सवारी साधनहरुलाई विश्वकर्माको रुपमा विशेष पूजाआजा गरेर मनाउने परम्परा हिन्दु समाजमा रहँदै आएको छ । यसै दिन विहान १० बजेपछि चतुर्थी तिथि लाग्ने भएकाले भगवान गणेशको प्राकट्य भएको स्मरण गर्दै गणेश चतुर्थी पनि मनाउने चलन रहेको छ । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समूूदायका महिलाहरु विशेष उत्साहको साथ गणेश भगवानको पूजा गरेर चतुर्थी मनाउने परम्परा रहेको छ। यस दिन गणेश मन्दिरहरुमा विशेष पूजाआजा गर्ने गरिन्छ ।
प्रतिकृया दिनुहोस