• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण 'धार्मिक, तीर्थाटन हो कि फेमिली भिजिट' 

काठमाडौं । एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा आफ्नो अवधिभर सरकारको तिखो आलोचना र प्रधानमन्त्रीको भारत भ्रमणप्रति कटाक्षमात्रै गरिरहे ।  प्रचण्डको भारत भ्रमण कस्तो खालको भ्रमण हो भन्दै भ्रमण फितलो मात्र नभएर नेपालको शीर निहुँराउने काम भएको बताए ।

 

उनले भने, ‘विवादको विषय त भारत भ्रमणमा गएर गर्नुभएको फितलो प्रदर्शन हो । नेपालको शीर गौरवपूर्ण ढंगले उठाउने काम गर्नुभएन । वास्तवमा भन्ने हो भने मलाई भन्न मन थिएन । तर, तरिकाहरु मिलेन । परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेताहरु कता छन् थाहा छैन । छोरी प्रधानमन्त्रीज्यूको छेउमा देखिन्छ ।

 

उहाँले परिवारको सदस्य राख्नु भएको छ ? फर्स्ट लेडी भनेको स्पउस (श्रीमान-श्रीमति) नै हो । परिवारका अन्य सदस्य हैनन् । प्रधानमन्त्रीले मर्यादा राख्नुभएन । प्रोटोकल मिलेन । धार्मिक, तीर्थाटन हो कि फेमिली भिजिट हो र? यस्तो खालको कमजोर प्रेजेन्टेसन नेपालको हुनु हुँदैन ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार