• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

रास्वपा सांसद गौतमले कसिन घिमिरेसँग लगनगाँठो

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सोविता गौतमले नेपाली चलचित्रकर्मी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छन् । 

 

भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा विवाह भएको पारिवारिक श्रोतले  पुष्टी गरेतापनि वैवाहिक समारोहका फोटोहरु सार्वजनिक भएका छैनन् । विवाहपश्चात उनीहरु जापान भ्रमणमा पुगेको बताईएको छ ।

 

गृहेन्द्र चलचित्र निर्माण तथा ईभेन्ट म्यानेजमेन्ट गर्ने कम्पनी गृष्मा ब्रोडकास्टिङका सञ्चालक हुन् । उनको यस कम्पनीले नेपालका सातवटै प्रदेशमा हरेक बर्ष सप्तरङ्ग नामक कार्यक्रमको आयोजना गर्दै आएको छ भने नेपाल आइडल-३ का उत्कृष्ट तीन विजेतालाई विश्वभ्रमण लगायतका कार्यक्रमहरुको आयोजना गर्छ । यो कम्पनीले चलचित्र निर्माणको काम समेत गर्ने गर्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार