• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

करिनाको बाथरुममा सलमानको पोस्टर !

मुम्बई । अभिनेता सलमान खानको फिल्म ‘मैने प्यार किया’ जब रिलिज भयो, उनी रातारात स्टार बने । फिल्मको सफलताले उनलाई ठूलो स्टार बनाइदियो । त्यो समयमा करीना कपूर सलमानको लोकप्रियता देखेर फिदा भइन् । रोचक कुरा त के भने उनले सलमानको पोस्टर बाथरुममा नै राखिन् ।

 

तर, केही समयपछि उनले त्यो पोस्टर हटाइन् । कारण बने, अभिनेता राहुल रोय किनकी केही समयपछि अभिनेता राहुल फिल्म ‘आशिकी’बाट स्टार भएका थिए । सलमानले आफ्नो करियरमा करिनाकी दिदी करिश्मा कपूर र करिना दुवैसँग सहकार्य गरेका छन् ।

 

सलमानले करिश्माका साथ ‘जुडुवा’, ‘अन्दाज अपना अपना’ र ‘जीत’ जस्ता फिल्ममा काम गरेका थिए। त्यही समयमा करिना स्कुलमा पढिरहेकी थिइन् । सलमानले ‘दशका दम’मा करिनासँग जोडिएको यो रोचक किस्सा सुनाएका थिए । ‘त्यो समय करिश्मा र म ‘निश्चय’को सुटिङ गरिरहेका थियौं । करिश्माले मलाई बेबो (करिना) ले आफ्नो बाथरुममा मेरो पोस्टर लगाएको सुनाइन् । तर त्यसपछि ‘आशिकी’ रिलिज भएपछि उनले मेरो पोस्टर हटाएर राहुल रोयको पोस्टर लगाइन् ।

 

करिनाले स्वयं आएर मलाई बाथरुममा मेरो पोस्टर नभएको र उक्त स्थानमा राहुल रोयको पोस्टर राखेको सुनाइन्’, सलमानले भनेका छन् । ‘दशका दम’ मा त्यो बेला करिश्मा र करीना दुवै थिए । सलमानको कुरा सुनेर करीना हाँसेकी थिइन् । करिनाले सलमानका साथ ‘बडीगार्ड, ‘बजरंगी भाइजान’ र ‘मे और मिसेज खन्ना’ जस्ता फिल्ममा अभिनय गरेकी छन् । राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार