• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
विचार

पाका मान्छेमा मुटुको हेरबिचार !

मुटुको कुरा आउँदा हामीले रक्तसञ्चालनको केन्द्रबिन्दुमा रहेको अङ्गलाई बुझ्छौँ । पृथ्वीमा भएका सबै प्राणीमा प्रजातिगत स्तर अनुसार शरिर भित्र जैविक रस हुन्छ । प्राणीको शारिरीक जटिलता अनुसार त्यस्ता रसको रङ, उत्पत्ति, सञ्चालन र खास उमेरसम्म नविकरण भईरहेको हुन्छ । त्यसैले कतिपय मसिना प्राणीमा रगत हाम्रो जस्तो रातो र हावामा तुरुन्त जम्ने खालको पनि हुन्न । मसिना र मेरुदण्डबिहिन प्राणीमा मुटुको सँरचना नभएको पनि हुन्छ भने बिकसित प्राणीमा पनि दुई कोठे, तिन कोठे र हामी मानिसको जस्तै चार कोठे मुटु हुन्छ । हरेक प्राणीमा यस्ता आन्तरिक जैविक प्रणाली जन्मेदेखि मर्नुअघि सम्म आफैँ चलिरहेका हुन्छन् । त्यस्ता प्रक्रिया कुनै पनि जीवको अधिनमा हुँदैन ति स्वयम सञ्चालित हुन्छन् । 


सामान्य स्वास्थ्य भएको मानिसको दिनको १,१५,२०० पटक मुटुले धडकन गर्छ । त्यस हिसाबले निजको तलमाथि नभएमा एक वर्षमा ४२,०४८,००० पटक मुटु धडकिएर सरिरभरी रक्त सञ्चालन भईरहेको हुन्छ । त्यो मानिस साठी वर्षसम्म बाँचेमा उस्को मुटु २,५२,२८,८०,००० पटक धडकिएर उसलाई जीवित राखेको हुन्छ । त्यस पछिका पाका मान्छेको मुटु कति पटक धडकी सक्या होला ? हामीलाई हाम्रो खानाको पौष्टिक तत्वसहित स्वासप्रस्वासबाट प्राप्त प्राणवायु (अक्सिजन) सरिरभरी अबिराम पु¥याउन रगत दौडिरहन्छ र त्यसलाई नियमित पार्न मुटु नरोकिई चलिरहेको हुन्छ । तपाईँको आदेश नपर्खिई तपाइँलाई बचाउन मुटुले ज्याला माग्छ र ? सोझै त होईन घुमाउरो तरिकाले हेरबिचार र उसलाई सहयोग गरिनु पर्ने कुरा चाहीँ मागिरहेको हुन्छ । तपाइँको खानपान जथाभावी हुँदा र त्यसबाट रगत बिग्रँदा उसले पनि आफु असफल हुन थालेको र आफुलाई असाध्यभएर घात हुन थालेको लक्षण देखाउन थाल्छ ।


मुटु असफल हुनु :
औँलाको टुप्पादेखि टाउकोमा कपालको फेदसम्म जीवितराख्न रगत प्राणवायु र पोषण तत्व लिएर पुग्नु पर्छ, त्यसैले मुटु असुध्द रगत जम्मा गर्दै सुध्द रगत ठाउँठाउँ पु¥याउन धडकिरहन्छ । बिभिन्न कारणले मुटुकै माँसपेसी थाकेर वा केही रोगको सँक्रमण भएर र हेरबिचार नगरिएमा प्रभावकारी ढङ्गले प्राकृतिकरुपले मुटुले रगत घच्याडन र जम्मा गर्न सक्तैन । त्यसलेगर्दा मानिसका अङ्गहरूमा समयमानै रगत पुग्न, फर्किन सक्तैन भने पु¥याउनकालागि मुटुले कडा मिहेनत गर्नुपर्छ र गाहारो भएको बिभिन्न लक्षण देखा पर्दछ । यसरी मुटुको रगत सञ्चलनमा असक्षमतालाई हर्ट फेल भएको वा असफल भएको भनिन्छ भन्ने नेपालका मुटु बिशेषज्ञ र हार्वाड मेडिकल कलेजका चिकित्सकहरूको ठम्याई छ ।
सामान्यतया पाको उमेर हुँदा अरबौँ पटक मुटुले धडकन गरिसकेको हुन्छ भने उमेरिदै जाँदा कमजोर स्वास्थ्य हुँदा झन बढि कष्टसाथ रगत सञ्चालन गर्न मुटु प्रयाशरत हुन्छ । सरिरका बिभिन्न अङ्गमा सफा रगत पु¥याउन नसक्नुनै मुटु असफल भएको भनिन्छ । त्यसोहुँदा सामान्यतया थकाई लाग्ने, स्वासप्रस्वास अनियमित हुने, एक्कासी स्याँक्क भई स्वास तान्ने, फेर्ने र गोडा सुण्डिने हुनसक्छ । घ्याच्चघुच्च यस्तो कहिलेकाहीँ हुनु स्वभाविक देखिए पनि नियमित भयो र निम्न लक्षणहरू पनि देखिएमा खतराको सङ्केत भनेर उपचारतिर लाग्नु पर्छ । विकसित भनिएको अमेरिकामा बिभिन्न प्रकारले स्वस्थ्यकर जीवन बिताउने भन्ने सुनिए पनि ६२ लाखभन्दा बढि बयस्कहरू मुटुको यस्तै समस्याले ग्रसित भएको आँकडा छ । समयमा निरोपणगरी उपचार गरिएकाले कम्तीमा जीवन धानीरहेछन् भने पाकाहरूमा समस्या बढदो छ ।


यस्तो भयो कि ?
‘पाको उमेरमा शरिर अथुल्यायो, बुढोमासु लागेको’ भन्ने होईन, सतर्क हुने हो । दैनिक एक किलो बढने वा हप्तामा दुईतिन किलो वा बढि तौल हुनथाल्यो भने मुटुलाई धेरै दबाव पर्दैछ भन्ने बुझ्नुपर्छ । त्यस्तै, सामान्य हिँडडुल गर्दा, एकोहोरो काम पछि वा नगरीकन पनि गोलीगाँठा, पैताला र गोडा सुण्डिने गरेको छभने होसियार हुनुपर्छ है । बेलाबखत पेट फुल्ने र सामान्य खाना सेवनमा पनि पेट दुख्ने गरेको छ कि ? व्यायामनै नगर्दा, हिँडडुल र हलुका काम गर्दा पनि स्याँस्याँ हुने, स्वास फुल्ने वा एक्कासी स्याँक्क भईरहन्छ कि ? उत्तानो तन्कीएर सुत्दा असजिलो हुने र स्वासप्रस्वासमानै अप्ठ्यारो हुन्छ कि ? निद्रा लाग्न खोज्दा र निद्रा पछि आँखा खुल्न लाग्दा स्वास तलमाथी परेको वा फेर्न गाहारो भएको जस्तो लाग्छ कि ? अन्य रोगव्याधको लक्षण नहुँदै बेलाकुबेला एक्कासी खोकीलाग्ने र हाच्छ्युँ आउँछ कि ? लामो हिँडाई वा काम गराईले होईन घरमै ल¥याङलुरूङ गर्दै पनि अति थकाई लाग्छ कि ? झुनिलाग्ने वा कुनै कुरा र काममा चित्त लगाएर गर्न नसकिने नियमित भएको, किँकर्तव्यबिमुढ वा अन्यौलता अतिसय भईरहन्छ कि ? बेलाबेला ओठ, हातगोडाका नङ्ग निला हुने र कुनै नङ्गमा रगत फुटी कालो हुने र मर्ने गरेको दोहोरीई रहन्छ कि ? अनेक कारण बढदै गएपछि खानामा रुचि नहुने वा जस्तोसुकै खानेकुरा देख्दा पनि अरुची हुन्छ कि ? यस्ता सबै कारण समग्रमा वा भिन्दाभिन्दै केहि भएको छ भने मुटुलाई रगत सञ्चालनमा धेरै दवाव छ र यो दवाव रोगको रुपमा घातकरुपले बिग्रँदै छ भन्ने बुझ्नु पर्छ । ‘पाको उमेरमा यस्तै हो, बुढेसकाल भनेकै काल हो नि’ भन्ने होईन बिज्ञबाट नीतिखोजी गरी एउटा टुङ्गोमा उपचार हुनै पर्दछ ।


उपचारका कुरा :
मुटु असफल भएको कारण र स्तर अनुसार अचेल औषधोपचार गरिन्छ, डराउनु पर्दैन । औषधि गर्नैपर्ने भएमा प्रारम्भमा सामान्य बानीमा फेरबदल सहित औषधि र क्रियाकलापमा विविधता आदि पर्दछन् । सरिरमा भएको अतिरिक्त पानी र नुन (सोडियम) पिसाबबाट निकाल्नकोलागि पिसाबलाग्ने औषधि सेवनगर्ने पनि हुनसक्छ । मुटुको चाल बढेमा कम बनाउने र सामान्य पार्न सहयोग गर्ने औषधि सेवन पनि हुनसक्छ । रक्त नलीलाई लचिलो बनाई आरामसाथ रक्तप्रवाह गराउने र मुटुको धडकन बलियो र नियमित गराउने प्रविधि र प्रक्रिया लागु गर्ने पनि हुनसक्छ ।


यसरी उपचार गर्दा पनि मुटुले असफलता देखाई रह्यो भने मुटुलाई नियमित पार्न केही चिकित्सकीय उपकरण छाती वा मुटुमा प्रत्यारोपण गरिने पनि सामान्य भएको छ । नेपालमा पनि त्यस्ता उपकरण राखेर पथपरहेजसहित दैनिक सामान्य काम गरिरहेका अचेल हरेक सँस्थामा कोहीनकोही भेटिन्छन् । मुटुको चाल प्राकृतिक जस्तै सामान्य बनाउन र स्वस्थ्य जीवन जीउने यन्त्रसञ्चालक (पेसमेकर) लगाएका मानिस जताततै भेटिन्छन् । मुटुको तल्ला कोठाले रगत घच्याडन मद्दत गर्दछ, त्यसको करणले हुने मुटुको चाल गडबडीलाई त्यहीँ मद्दतगर्ने उपकरण पनि जडानगर्ने प्रचलन छ । समग्र मुटुको चाल गडबडी भएकोलाई दुरुस्त पार्ने उपकरण पनि अचेल प्रयोगमा आउन थालेको छ । मुटुमा धेरैतिर ससाना भएपनि थुनिएको अवस्था छ र बिभिन्न नियन्त्रक भागहरू र नसाभित्र अतिरिक्त पदार्थ जमोटभई रगत सञ्चालनमा अवरोध भए अति खतरनाक अवस्थामा मुटुको प्रत्यारोपण पनि गरिन्छ । यस्ता बिरामीले शल्यक्रिया र उपचारपछि हृदयघातका बिरामीले लागु गर्ने जस्तै दैनिक जीवनमा पथपरहेज गर्नु थप खतरा ननिम्त्याउनु हो ।


हिजोआज मुटुको असफलता वा दवाव कमगर्ने औषधि सेवनका लागि बिज्ञ चिकित्सकले सल्लाह दिनसक्ने भएको छ । आफ्नो पथपरहेजबाहेक नियमित औषधि सेवनले समस्या सुल्झीन सक्छ । चाहिँदो दैनिक व्यायामको सन्तुलन, खानपानमा नुनचिनीको कमी, अन्य पेयपदार्थ र नियमित पानी पिउने मात्रामा सन्तुलनले मुटुमा पर्ने दवाव रोकथाम गर्न सकिन्छ। कहिलेकाहीँ समस्या अति हुने र मुटुले थेग्न नसकी असाध्य भएर अचानक मानिस सिकिस्त हुन सक्छन् । त्यसबेला जीवन रक्षाकालागि अस्पताल दौडाउनु पर्ने अवस्था आउन सक्छ तर यस्तो कहिले होला भनिे भविस्यबाणी गर्न भने सकिन्न । उपरोक्त केहि लक्षणहरू देखिएका छन् भने बिरामी आफैँले दैनिक सरिरको आँकडा हरेक साँझ लिई चिकित्सकसँग सल्लाह लिईरहनु शुरक्षाको उपाय हो । दैनिकरुपले निसास्सिएको वा स्वास फुलेको, गोडा सुण्डिएको मात्रा, थकाई लागेको वा सानो कामले गलन्तु र तौल बढेको समस्यालाई १ देखि ५ अङ्कभार दिएर सामान्यदेखि अतिको अङ्क दिने । यदि दैनिक आँकडा तलमाथी छ भने प्रारम्भमा खानपान र पथपरहेजमा ध्यान दिऊँ, रोग बढाउने बस्तु सेवन घटाउँ वा त्यागौँ । तर समस्या बढने तिर आकर्षित छ भने तुरुन्त सम्बन्धित चिकित्सकसँग परामर्श गरिहाल्नु पर्छ ‘बुढेसकालमा यस्तै हो, अब चटपटाउने दिन गए’ भनि मन मार्ने र परिवारले बेवास्ता गर्नु हुन्न । आवस्यक पर्दा अस्पताल भर्नाभई बिज्ञको निगरानीमा उपचार ढिलो नगरौँ ।


मुटुको घात :
हृदयघात वा मुटुमा घात हुने भनेको मुटुको खासखास भागमा सहजतापूर्वक रगत सञ्चालन नहुनु हो । बिभिन्न अवरोधका कारण त्यहाँ भएका तन्तुहरूमा तिनलाई बाँच्न र काम गर्न चाहिने सुध्द, प्राणवायु मिश्रित रगत पुग्न सक्तैन । विशेषगरी कोरोनरी आर्टरीको रगत सञ्चालनको थोरै वा धेरै अवरुध्दताले हृदयघात भएको देखिन्छ । तुरुन्तै पत्तो लगाई औषधोपचार गर्नतिर लागिएन भने त्यो प्रभावित तन्तु बेकामे भई नष्ट हुनसक्छ र मर्न सक्छ, फलस्वरुप मानिसको ज्याननै जोखिममा पर्छ । चिकित्सकीय भाषामा मायोकार्डियल ईन्फ्राक्सन भनिने यस रोगबाट अमेरिकीहरू हरेक ४० सेकेण्डमा एउटालाई आक्रान्त पारिरहेकै पाईन्छ । नेपालमा पनि बढदो तथाकथित विकास, जीवनस्तर उक्सिएको स्वाङमा व्यक्तिका सारिरीक श्रममा कमी, गरिष्ट, अप्राकृतिक र बेमौसी खानपानको कारण हृदयघातका समस्या बढिरहेको सुनिन्छ । मुटु रोगकै अलग्गै सरकारी र नीजी अस्पतालहरू खुल्नुको पछाडी रोगको गाम्भिर्यता र पिडितहरूको सङ्ख्या बृद्धि नै सङ्केत गरेको होईन र ?


लक्षणहरू :
हृदयघातको प्रमुख लक्षणमा छाती दुख्नु अर्थात मुटु दुख्नुनै प्रमुख मानिन्छ । छाती दुख्ने स्तर सामान्य देखि एक्कासी बेस्सरी दुखेको हुनसक्छ । दुखाई भने फरक व्यक्तिमा फरक किसिमले– कसैलाई बेस्सरी दवावले थिचेको जस्तो, कसैलाई गरुङ्गो बस्तुले किचेको जस्तो र कसैलाई मुटुनै बटारिएको वा निचोरेको जस्तो हुनसक्छ । हृदयघात हुँदा सरिरका मुटु नजिकका अरु भागमा पनि दुखाई सर्ने वा ति भाग पनि दुख्ने हुनसक्छ । मुख्यतया पाखुरा, काँध, पातो, ढाड, गर्धन र चिउँडो तिर दुख्ने हुनसक्छ । यसरी मुटु वरपर र नजिकका भागमा हुने र सर्दैगएको अनुभव हुने पिडानै हृदयघातका प्रमुख र प्राथमिक लक्षण भए पनि अरु खालका पनि हुन्छन् । दुखाई भए नभए पनि स्याँस्याँ हुने, एक्कासी स्याँक्कभई स्वास फेरिने, चिसा पसिना आउने र सामान्य अवस्थामानै चिडचिड पसिना छुटने पनि हुनसक्छ । थप लक्षणमा मगज सून्यभए जस्तो लाग्ने, एक तमासको रिङ्गटा लाग्ने, दिगमिग लाग्ने, मुखमा तम्तमिदो स्वाद हुने, अचानक वान्ता हुने र केहीगर्न नसक्ने जस्तो थकान महसुस भई मानिस लल्याकलुलुक हुन सक्छ । उमेरिदा ‘धनु कमजोर भएको हो, बैँशमा कहाँ हुन्थ्यो र !’ भनि निच मारेर उपचारतिर नलागि बस्नु हुन्न । 


उपचारका कुरा :
हृदयघातमा उपचार भनेको मुख्यगरेर सरिरभरी, मुटु भित्र र बाहिरी माँसपेसीमा रक्त सञ्चालन दुरुस्त र निर्बाध गराउनु नै हो । त्यसो भएमा जहाँजहाँ रक्त सञ्चालन अवरोध भएर तन्तु मर्ने सम्भावना छ त्यो कम हुने वा थप नमर्न सक्छ । हृदयघात भएको बिरामीलाई अस्पतालनै लैजानु पर्छ, त्यहाँ विविध एकिकृत प्रयासले बिरामीलाई बचाउन सकिन्छ। हृदयघातमा हुने विभिन्न कारणमा रक्तनली र मुटुभित्र रगत जमेर रक्त प्रवाहमा अबरोध प्रमुख करणमा पर्छ । औषधिले त्यस्ता जमोटलाई फुटालेर रगत बग्न सहज बनाउँछ। नाईट्रोग्लिसीरीनले रगतका नसालाई खुल्ला बनाउन र रगत बग्न सहज बनाउने हुनाले घात भएकालाई प्रयोग गरेको पनि पाईन्छ ।


रगत पातलो पारी नजम्ने बनाउने अरु त्यस्तै औषधि प्रयोग गरेर रगत थप नजम्न र प्रवाह अनुकुल बनाईन्छ । भएको दुखाईलाई घटाउन र थप पिडा बिरामीलाई नहोस भनि दुखाई कमगर्ने औषधि पनि प्रयोग गरेर बिरामीको अवस्थालाई सहज बनाईन्छ । त्यस्तै विभिन्न औषधि प्रयोग गरेर रक्तचाप उच्च हुन नदिने र कोलेस्टेरोल बढन नदिने उपाय गरिन्छ । मुटुमा रगत जमेर वा कोरोनरी आर्टरीमा अबरोध भएर रगत प्रवाह थुनिन खाजेको छ भने पिसिआई भनिने प्रक्रिया र प्रविधिबाट जमोट हटाईन्छ र रक्तसञ्चालन गरि हृदयघात सल्ट्याईन्छ । त्यस्तोमा स्टण्ट राखेर पनि धेरै वर्षसम्म त्यस अडकिने ठाउँबाट रगत चल्न सजिलो बनाईन्छ । अबरोध भएको ठाउँ खुल्ला गराउन समस्या भए बिरामीको शरिरको कुनै भागबाट रगत बग्ने स्वस्थ्य नशा निकालिन्छ र कोरोनरी आर्टरीको अबरोध भागलाई छलेर अगाडी र पछाडीको भागमा जोडिन्छ । यस खालको बाटो छल्ने प्रक्रियालाईनै मुटुको बाईपास शल्यक्रिया सामान्यतया भनिएको हो । यसो गरिसकेर एक पटकको हृदयघातबाट बचे पछि मुटुको स्वस्थ्यता र घातको पुनराबृती नहोस भनि खानपान र जीवनपध्दतीमा सुधार ल्याउनुभने आवस्यक छ ।


अन्त्यमा,
मूलकुरा भनेको कुनै पनि जीवको रहनसहन, दैनिक क्रियाकलाप प्राकृतिक आवस्यक्ता अनुरुप छ कि नीजको पहुँचअनुसार छ भन्ने नै हो । जबजब जीव प्राकृतिक कुराबाट टाढा क्रितिमता र स्वईच्छाको लोभमा गरिष्ट बस्तुमा डुबुल्की मार्न थाल्दछ तबतब रोगव्याध सल्कन्छन् र नयाँनयाँ रोग थपिँदै जान्छन् । आधुनिकतामा नाममा भौतिक सुखसुविधामा ¥याल चुहाएर शारिरीक श्रमलाई हेयको दृष्टिले नाक खुम्च्याउने धेरै नवधनाढ्यहरूनै नानाथरिका रोगले परन्तुमा ग्रसित भएको पाईन्छ ।


हामी मानिसका शरिरमा जीउँदो रहुन्जेल अबिराम काम गरिरहने तन्तु, अङ्ग र प्रणालीहरू छन् । तिनीहरूको उचित आराम, रेखदेख र स्याहार सम्भार आवस्यक हुन्छ, अलिकति तलमाथी पर्दैमा आत्तिने होईन उपाय खोज्नु पर्छ । पाका मानिसमा लामो जीवनको उमेरिने क्रममा यसअघिका असहज परिस्थितिले ‘कहिले मकै कहिले भोकै’को स्थिति पनि थियो होला ! धेरैका अबिरल सारिरीक श्रम पर्ने काममा जोतिएर, आरामको कमी र उचित खुराकको अभावले सरिर छिनेको हुनसक्छ । स्वादे जीब्रो, टक्क नुनचिनी र चिलेचाप्लोमा मन गएर तागतीलो भनि धेरै मात्राको सेवन, व्यायामको कमी सुखको दिन होईन भन्ने नबुझ्दा रोग व्यसाएका धेरै छन् । अहिलेकाले प्रयोग गर्ने भौतिक सुविधा, खानपानमा बढि हौसिँदा र लोभ्भिँदा तिनीहरूका अनावस्यक थेग्रीन सरिरमानै बस्न गएर रोगव्याध पलाएका हुन सक्छन । त्यस्तै रोगमध्ये उपचार त हुने तर सा¥है खतरनाक रोगहरूमा मुटुको असफलता र हृदयघात पर्छन । 


दुबै रोगका केन्द्रबिन्दुमा मुटुको स्वास्थ्य अवस्थाको कुरा र अस्वस्थ्यताका स्तर उस्तैउस्तै हुनसक्छन । मुटुको असफलताले मुटुले सरिरका सबै भागमा पुग्ने गरी रगत पठाउन घच्याडने कामगर्न नसकेको भन्ने बुभिन्छ । यस समस्यामा मुटुमा अरु केही नभएपनि रगत फाल्ने र जम्मा गर्ने अनि सरिरको अन्तिम छेउसम्म पु¥याउन नसक्ने र सकेमा पनि निकै गाहारो पर्ने हुन्छ । हृदयघातमा मुटुकै कुनै भागमा अल्पकालिन वा पूर्णतया रगतको सञ्चालन नहुने अवस्था जनाउँछ । मुटुकै क्रियाशिल हुने कोठाचोटा, नियन्त्रक ढोकाकप्टेरा र शुद्धअशुद्ध रगत ल्याईलैजाने नसाका भागमा भित्रीकारणले यस्तो अबरुद्ध हुने अवस्था सिर्जना गर्छ । हृदयघात र मुटुको असफलतालाई रोकथाम गर्ने र पथपरहेज गर्ने चरणहरू उस्तै हुन्छन् तापनि दुबै समस्याका कारण, लक्षण र उपचारहरू फरक नै हुन्छन् । समग्रमा निक्यौलगर्दा स्वस्थ्यकर उचित खानपान, सरिरको नियमित व्यायाम र सम्भावित खतराको बिज्ञानसम्मत व्यवस्थापन नै ज्यान लिन सक्ने मुटुका दुबै समस्याको समाधान हो । नियमित श्रम र स्वस्थ्य बानीव्यहोराले शताब्दी उमेरका मान्छे नेपालमा पनि धेरै भएको बिर्सनु हुन्न है ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार