• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

घन्कियो अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य

 ब्रिसबेन । ब्रिसबेनको प्रस्तुतीसँगै नेपथ्यले अष्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित आठमध्ये तेश्रो शो सम्पन्न गरेको छ ।

 

टोलीले अबको यात्रा क्यानबेरातर्फ गर्नेछ, जहाँ फेब्रुअरीको ३ तारिख फेरि नेपथ्य घन्किने छ । अष्ट्रेलियाको केन्द्रिय राजधानी यो सहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुनलागेको हो । त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा शो आयोजना हुँदैछ ।

 

त्यसपछि ब्याण्ड पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’हुँदै अन्तिममा अष्ट्रेलियाकै पुछारतर्फ लाग्नेछ । बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुती नेपथ्यले दिनेछ ।

 

कन्सर्टको केहिदिनअघि मात्र नेपथ्य ब्रिसबेन आइपुगेको थियो । गायक अमृत गुरुङसँग भेट्न एक पुराना परिचित आफ्नो बच्चासहित आइपुगे । अमृतले ती बच्चासँग संवाद गर्न खोजे । बच्चाले अप्ठेरो माने । किनभने, उनी नेपाली बोल्न जान्दैन थिए ।

 

‘त्यसो भए तिमीले नेपालमा हजुरबुवा र हजुरआमासँग कसरी कुरा गर्नेगरेको छौ त रु’ अमृतले अंग्रेजीमै सोधे ।‘मेरो हजुरबुवा हजुरआमासँग कुनै संवाद हुँदैन,’ ती बच्चाले पनि जवाफ दिएछन्, ‘हामी हेल्लो र हाइमै सीमित छौं ।’

 

यो घटनाबाट स्तब्ध भएका अमृतले सोमबार बेलुकी ब्रिसबेनको भब्य ‘फोर्टिच्यूड म्यूजिक हल’मा टनाटन भरिएका दर्शक सामु आफ्नो मनको गाँठो फुकाए । ‘बच्चालाई उसको भाषाबाट अलग्याउनु भनेको उसलाई उसको जरोबाट बिमुख बनाउनु हो,’ अमृतले कन्सर्टकै क्रममा आव्हान गरे, ‘हजुरबुवा हजुरआमासँग संवादै नगरेर हुर्कने पुस्ता तयार पार्नेजस्तो गल्ती कदापि नगरौं ।’जवाफमा हलभरिका दर्शकले चर्को आवाज र तालीले समर्थन जनाए ।तस्बिर : लबेश श्रेष्ठ र नेपालय

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार