• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

मानिलाले खुसी हुने कसरी ?

मानिसका हरेक उमेर समुहमा जिम्बेवारी फरक–फरक हुन सक्छन् । प्रायः अरुको भरमा हुर्केका केटाकेटीहरूमा अनौठा कल्पना, ठम्याई र बुझाई रहेका हुन्छन् । किशोरकिशोरी हुँदा उमेरसाथै शारिरिक बृध्दिले मानविय चेतना बढेको, बेग्लै आँट, जोश र फूर्तिले घर गरेको हुन्छ । हिजोसम्म सबैभन्दा जान्नेसुन्ने र बलियाबाङ्गा लाग्ने बाबु-आमा पनि अरुजस्तै लाग्न सक्छन भने हजुरबाआमा त बुढाबुढी भईहाले नी ! तिनै महिलापुरुष बयस्क हुँदा आफ्ना बा-आमा कमजोर र उमेर ढल्केका लाग्न थाल्छन् अनि आफु बलियो, केही जान्नेसुन्ने भएको ठान्न थाल्छन् । सन्तानका उमेरको तुजुकले कतिपय परिवारमा पाका र वास्तवमा समाजका मानिला मान्छे बहिस्कारमा परेको धेरै परिवारमा पाईन्छ । त्यस्तो परिस्थितिमा पाका र मानिला मान्छेले कसरी जीवन सन्तोष र आनन्दले बिताउने र बाँचुञ्जेल सुखीखुसी रहने भन्ने जटिल समस्या आउँछ ।


धेरै परिवारमा सँस्कारजन्य र सकारात्मक सिकाईले कुनै उमेरसमुहले पनि आन्तरिक कुरामा समस्या भोग्नु पर्दैन । सबै सदस्यहरू आ-आफ्नो कर्तव्य र जिम्बेवारी मेलजोलमा सुखमय तरिकाले चलाईरहेका हुन्छन् । एकअर्काको आदर, आवस्यक्ता, र चाहाना सकेसम्म ईज्जतिलो व्यवहारबाट पुरागरिरहेका वा गर्ने कोशिस गर्छन । कतिपय परिवारमा बिभिन्न भित्रीबाहिरी नकारात्मक सिकाईले वास्तबिक अवस्था भन्दा फरक बुझाईका साथ घर परिवारमा दन्तबजान, रडाको र एकअर्कामा अपमानको स्थिति रहेको हुन्छ । त्यस्तो परिवारमा विशेषगरी पाको उमेरसमुहका सदस्यहरू बिभिन्न तहका दुव्र्यवहार भोग्न बाध्य भएका हुन्छन् र सुस्केराहाल्दै खुसीका दिन सिध्दिएको बिलौना गरेको पाईन्छ । त्यसै परिस्थितिलाई ईङ्गित गर्दै नेपाली समाजमा ‘निर्धाका जोईपोई, कुना पसि रोई, घरले जाजा भन्छ, बनले आआ भन्छ, बुढाबुढी मरे, सुक्ख पाए’ भन्ने उखान चलेको होला ?


पाको उमेर लाग्ने साठी वर्ष र त्यसपछि सबैजसो पाका मान्छे आफु स्वस्थ्य, सकृय र बलियोनै रहन, सबै थोक गर्न अघि सर्छन् । पहिला मन नपरेका र विश्वास नलागेका सल्लाह पनि अप्ठ्यारो परेमा गरेर हेर्छन् । सकारात्मक सल्लाह दिनेको अभावमा परम्परा नमान्ने नास्तिक सोचाईका मान्छे पनि ज्योतिषी देखाउने र सान्तीस्वस्ती गराउने देखिन्छन् । कतिपय धार्मिक र शाकाहारी भनिएका पनि बाँचिन्छ कि भनेर थला परेपछि मासुमाछा खाने र सुरुवा सुक्र्याउने भएका पाईन्छन् । हामीमध्ये धेरैजसो अझै पाको भई उमेर बढदैजाँदा कसरी खुसी र सकारात्मक रहनेहोला भनि चिन्ता गर्छौ । वास्तवमा यो भन्दा बिस वर्ष अघि आफु सकृय कामधामको हुँदादेखि कस्तो योजना बनाईएको छ भन्नेलेनै अब हुने मानिलो उमेरमा आफ्नो स्थिति बनाउँछ । 


हामी पाका मान्छेको स्वास्थ्य अरु कुराले नबिगारेको भए उमेरिदा बढेको बढेई हुने वा सारिरीक तौल परिश्रमको अभावमा बढि कायमरहेको हुन्छ । सरिरले सारिरीक श्रम नगरे यो कुरा समस्याकैरुपमा पाका मान्छेमा रहेको हुन्छ र बिभिन्न रोगव्याधको जड पनि हुन आउँछ । सामान्य सकेको खेलकुद वा राम्ररी सरिर थाकिनेगरेर दैनिक काम र हिँडाईले पनि तौल स्थिर वा घटाउन मद्दत गर्दछ । त्यस्तै मानसिकरुपले पनि स्वस्थ्यरहन र मनको चयनकासाथ जीवन कायम राख्न चाहीँ केके गर्नुपर्ला ? ससाना र नपत्याईएका कुरामा ध्यान केन्द्रित गरेर निरन्तर खुसीरही बाँच्ने तरिकाबारेमा मार्गरेट मान्नीङ्गले छ वटा उपाय सुझाएका छन् । हेर्दापढदा सामान्य लागे पनि यीनै मसिना कुराले तपाइँका आउँदा समय सुखमय बनाउन सक्छन् ।


१. उपलब्धिमा ध्यान दिउँ भाग्यमा होईनः
बाहिरीया कुराले भन्दा आफ्नै भित्रबाट भएका घटनाले खुसीहुने र सुखीरहने स्थिति निर्धारण गर्छ । बाहिरीया कुराले क्षणिक आनन्द देलान तर आफ्नो बशमा नभएकाले दिने आनन्द अस्थाई र जीवनमा कम प्रभाव पार्न सक्छन् । उदाहरणकोलागि एक पल्ट लुकिछिपी खेलिएको जुवा जित्नु वा कुनै चिट्ठा परेर आएको आनन्द स्थाई हुँदैन । त्यो पैसा ‘सित्तैको धन फुपुको श्राध्द’ जस्तै त्यस्तै बेकाममा एकातिर खर्च भएपछि त्यस धनको चुरीफुरी सकिन्छ अनि फेरी रैथाने स्थितिमानै फर्किन्छ । कता हराउँछ क्षणिक आनन्द भन्नेनै पत्तो पाईन्न, फेरी ‘रैथाने कोचे धन्दाले घेरीएकै’ हुन्छ, फरक हराउँछ । दुर्भाग्य र भाग्यको सञ्जालमा नपरी रचनात्मक काममा लागेर अघि बढेमा क्षणिक दुख र सुखको चक्करमा परिन्न अनि उपलब्धितीर ध्यान गएर आनन्द स्थाई बन्न जान्छ । त्यस्ता अठोटेका कामका आनन्दले आफुमा मानसिक शान्ती र परमसन्तुष्ठि मिल्छ । हो, चिरस्थाई आनन्द प्राप्तगर्ने यहीमात्र ठिक तरिका हुनेगर्छ, कोशिस गरेर हेर्नोस् त !


सरल र सहज आनन्द प्राप्तगर्ने प्राथमिक कुरा सानै भएपनि आफुले सिकेको, जानेको र ईच्छागरेको काममा लागि हाल्नोस् र दिनदिनै अझै त्यसमा प्रगतिगर्न कोशिस गर्नोस् । यसोगर्दा आफ्नो स्तरोन्नति त हुन्छनै तपाइँको निरन्तर कामले प्रभावित भएर आफ्ना उमेरसमुहका मात्र होईन अरु पनि चाख दिई साथीबन्न आउँछन् । तपाइँको कामको महत्व पाएकाले र थप मानिसले चाख दिएकाले पाईने आनन्द र सन्तुष्ठि ‘ठूलै चिट्ठा परेको’ भन्दा बढि हुँदैन त ? यसो गम्नोस् न ।


काम सानो हुन्न, उमेरिदा धेरै गर्न पनि सकिन्न, जे जानेको छ त्यही निरन्तर आराम गरिगरी गर्ने हो । तपाइँमा उमेरले पाएको सिप होला ! ज्ञान होला ! अनुभव होला ! त्यसैबाट सुरु गर्नोस् । अहिलेको बजारबादी समाजमा आफ्ना कुरामा अडिदानै राम्रो हुन्छ । उदाहरणकालागि मेरा टोलका पाका मान्छेका क्रियाकलाप हेरौँः मौलिकताको प्रचार र कमाईको नाममा एकजना पाकी आमा बत्ती कात्ने, टपरी गाँस्ने, मस्यौरातितौरा बनाउन पोख्त हुनुहुन्छ । उहाँले आफ्नो घरको एउटा कोठामा त्यसलाई सिप सिकाउने व्यवसायकोरुपमा बिकास गर्दै जानुभयो । अहिले सिक्नेको ताँतीमात्र होईन ठूलै व्यापार र दर्जन अपठित महिलालाई पाको उमेरमा पनि रोजगारी सिर्जना गर्नुभएको छ । केटाकेटीले झुम्राको पुतली बनाई खेल्ने चलन अचेल हरायो, अर्की पाकी महिलाको अगुवाईमा नेपालका बिभिन्न समुदायमा प्रचलित बान्कीका लुगा पहि¥याई ससाना पुतली बनाउने काम अघि बढदा अहिले घरेलु उद्योगमानै विकशित भएको छ । नेपाली साँस्कृतिक झल्को देखिने भनेर बिदेशी पर्यटक समेत ग्राहक बनेकोले बजार बिस्तार भएको छ । एकजना पाका बा पढेलेखेका तर श्रमगर्न धेरै नसक्ने, उहाँले टोलका ससाना केटाकेटीलाई १०–४ गर्ने बिद्यार्थीलाई बिहान र ८–३ गर्नेलाई साँझ गृहकार्य गर्न सघाउने कक्षा सञ्चालन गर्नुभयो । कामकाजी परिवारका बालबालिकाको बिस्तारै घुइँचो बढदै गयो, अहिले त ससानो बिद्यालय जस्तै आयमुलक भएको छ उहाँको कार्यक्रम । काम, व्यस्तता, आम्दानी, रोजगारी हुने र पारिवारीक बोझ पनि नभईने, भाग्य यस्तै भनि पाको उमेरमा हेलाँहोचोको बिरह गीत गाउने फुर्सद कहाँ ? साना कुराले मनोबिज्ञान र सामाजिक परिवेश बदलीदिने उपलब्धीको सागरमा पौडने जमर्को नगर्ने त ? अवस्य हामी पनि केही नकेही सक्छौँ । 


२. मनको एकाग्रता वा ध्यानमा जोड गरौँः
पाको उमेरमा अनुभवको पूवाग्रह र बर्तमान परिस्थिति अमिल्दो भएर पनि चिन्ता, व्याकुलता र बिरह चलेर बाँकी जीवन बोझ, निस्सार र बहिस्कृत लाग्न सक्छ । आफ्ना अनुभव र ज्ञानका आधारमा के ठिक लाग्छ सकेको गर्नोस् । केही नसके बिहान निद्रा खुलेदेखि मानव ईतिहासका कीर्तिराख्ने अग्रजहरूलाई सम्झनोस् । उहाँहरूले आफ्नो कालखण्डमा मानिसकै हितकालागि गरेका उपलब्धी स्मरण गर्नोस् । तपाइँले सकेसम्म उहाँहरूले गरेझै गर्ने प्रयाश गर्नोस्, सक्नुहुन्न भने राम्रा ति कामहरूको मनन् गर्नोस्, तपाइँको ध्यानयोग पुगेन त ? यसोगर्दा आफ्ना मानव पूर्वजको श्रध्दा र आभार प्रकट गरियो पनि सँगसँगै आफ्नो समय सकारात्मक सोचाईमा व्यतित भएर नयाँ आशा र दैनिकी सफल बनाउन अग्रशर होईने भईयो ।


ध्यान, योग र भजन जेगरे पनि एक चित्तभई गर्दा स्वभाविकरुपले चिन्ता, नकारात्मक सोचाई घटाउने भयोभने आफैँप्रतिको ठिक लागेको चिन्तनसतर्कता बढने भयो । पाको उमेरमा आत्मबल बढाउने र मनोबिज्ञान सकारात्मक बनाउने सरल उपाय भएन त ? त्यसैले हिजोआज बजारबादले आक्रान्त पारेर पैसाको पछि दौडने द्रव्यपिसाच सबैलाई योगध्यान तिर जान र चिन्तामुक्त हुन सुझाएको पाईन्छ । तपाइँको बासस्थानमा क्वाँटीजस्तो नौरङ्गी मिसमास बिचार भएका प्राणी बढि छन् भने र बास छोडन नि तपाइँलाई गाहारो छ भने आफु थुप्रिने ठाउँमै ध्यानमा मग्न हुनुहोस् । टण्टा कमगर्ने सरल उपाय हो है ।


एकोहोरो चिन्तनमनन्को ध्यानमा केन्द्रीत हुन सक्नुहुन्न भने मनपर्ने लेखक वा बिचारकका रचनाहरू किनेर ल्याउने वा मगाउने गर्नुहोस् । यो उमेरमा स्वास्थ्य हेरबिचार, उमेरजन्य हास्यव्यङ्ग्य सामाग्री, सकारात्मक सोचाईका साहित्य हितकर होलान । पहिला उमेरले गर्न असजिलो लागेका नीति, उपदेश र काल्पनिक तर ज्ञानबध्र्दक दन्त्यकथा पनि रसिला लाग्न सक्छन् । तिनका निचोड र भनाईहरू तपाइँका बोली हुनसक्छन् । हिजो कामको दौडधुपले नभ्याएका चित्तमा गडेका कुरा यतिखेर आफ्नै बचतबाट उपलब्धगरी उपयोग गर्न उत्सुक हुनुहोस्, सँयोजन गर्नोस् । तपाइँले तपाइँजस्तै अवस्थाका साथी पाउनु हुन्छ, उनिहरूको सहयोग पनि प्राप्त हुन सक्छ, खोजी त हेर्नोस् । अचेल पालिका तहमा नै पाका मान्छेको हितमा बिबिध कार्यक्रम भएको पनि हुनसक्छ, त्यता मण्टो डुलाउँदा पनि समय गएको पत्तै हुन्न र यादगरे भ्याई नभ्याई हुन्छ ।


३. कार्य तालिका बनाऔँः
उमेरिदै जाँदा जीवनका बिबिध आयामको देखासिखीले अनुभवहरू पनि नवरङ्गी सँगालिएका हुन्छन् । पाको उमेरमा सन्दर्भ सामाग्री हुनसक्छन् भोगेका सबै अनुभव । सेवानिबृत्त भएपछि पनि कामकाजमै हुनुहुन्छ भने त अझै फुर्सद कमनै होला ?  घरकाजमै हुनुहुन्छ भने बिस्तारै कमगर्दै लानु र अति आवस्यकमा मात्र अघिसर्नु आफुलाई सन्तोष र अरुलाई सह्य होला । कामकाज गर्न कम सक्ने र सरिरले साथ दिईरहेको छैनभने अब बेला अर्को, सरिर पहिलाजस्तो नभएको र घरमा हैकम फरक पर्दै आएकाले आफ्नो समयको सिमिततालाई बिचारेर योजना बनाउनु होस् । दैनिक कार्यतालिकामा दैनिक दोहोरिने बाहेक थप थोरै बनाउनु होस् भने बढिमा वार्षिक तालिका, सकेमा यती, यसो गर्छु भनि एक दुईमा सिमित हुनुहोस् । वार्षिक योजना लम्बेलस्टे र बिबिध बनाउँदा पुरा नभई ग्लानी, असन्तुष्ठिभई पिर थपिने र अरुको भनाई खाने डर हुन्छ । यो उमेरमा सारा सँसार ढाकेर उपलब्धि लिन्छु भन्ने सपना ‘हुटिट्याउँले सगर थाम्ने चाला’ भन्ने भनाई तपाइँले नभोगेको राम्रो ।


आफुले आफ्नै बलबुध्दिले पुरागर्न सक्छु भन्ने कार्यको सूचि बढाउने र अरुको भरमा पुरागर्ने कार्यको सूचि घटाउने बेला हो यो । सकेसम्म अरुको भरपर्ने कामको फेहरिस्त बनाउँदै नबनाउनु होस्, तपाइँको अवस्थाले हिजोसम्म ‘खोजीखोजी दर्शनगर्न आउनेहरू’ अहिले मन्टो बटारेर हिँडनेमा परिसकेको होलान ? आफैँले पुरागर्ने योजना केहि अघिनै बनाउँदा त्यसप्रतिको गहनतामा घोत्लीन र सफलतामा टुङ्ग्याउन सहज हुन्छ । त्यसोहुँदा प्राप्तहुने सन्तुष्ठिले तपाइँको गतिबिधि र सकारात्मक सोचमा बृध्दि गराउँछ । यी सबैको सँयोजनले तपाइँ निरन्तर सकृय रहने हौसला पनि बढन थाल्छ ।


योजना बनाउनाले जटिलता थपिने होईने क्रमैसँग गरिने बानी लाग्छ, कुनै अल्झोले बिर्सने हुन्न । अझ बिर्सने बानी र आउँदा घटनाले प्रभावित पार्न सक्छन भन्ने लाग्छ भने बिहान आँखा खुलेपछि अठोटेको योजनाको फेहरिस्त फाल्टु कागजमा भए पनि लेख्नुहोस् । दैनिक गरिन खोजेका कामको फेहरिस्त लेख्न पाँच मिनेट लाग्ला ? के गाहारो भयो र ? अनि दिउँसो परिवारबाट हुने कामबाहेक एकएक गरेर समयअनुसार आफुले अठोटेको काम गर्नुहोस् । काम सकिएपछिको आनन्द र नसकिएको क्षण दाँज्नुहोस्, योजना मुताबिक भएकोमा पाथीभात खाएको सन्तुष्ठि भएन त ? अनि बल्ल पहिलादेखि घोकेको ‘सन्तोषँ परमम् सुखमँ’ को वास्तविक अर्थ थाहा पाउनु हुनेछ ।


४. आफ्नो काम आफैँ गरौँः
घरगाउँमा दिउँसोको भारी कामलाई ध्यानमा राखेर बिहानै खाएर निस्कने चलन अझै छ । बिहानको खवाई सन्तोषजनक भए दिनभरीनै काममा दत्तचित्त भईलाग्ने धेरैको बानी हुन्छ । हुनपनि साँझ खाना खाए पछि रातभरीको आरामी र लामो समयको अन्तरले पाचन क्रियाले थप काम मागिरहेको हुन्छ । केही नभए मनतातो पानीको व्यवस्था गर्नुहोस्, खालीपेटमा दुईतिन बटुको पानीले पेटको सकृयता र क्रियासिलता बढाउन निकै मद्दत गर्छ । त्यसपछि आफैँले बन्दोवस्त गरेका तागत दिने र पचाउन सरल हुने स्वास्थ्यअनुकुल प्रोटिन र चिल्लो भएका बस्तु चपाएर निल्नु हितकारी हुन्छ । हिँडडुल गर्न सक्ने भए र नजिकै शुरक्षित व्यवशाय गर्ने पसलभए दैनिक बिहानीको हिँडाई पनि हुने, खवाई पनि हुने तालिका कायम गर्नुहोस् ।


बहिरफेर जान र खान चित्त नबुझे घरमानै सकेसम्म आफैँ बिहानीको खवाई सामाग्री तयार गर्ने कोशिस गर्नुहोस् । कतिका घरमा बिभिन्न कारणले कामकाजी परिवारजन चाँडै निस्कने भई तपाइँको खवाई लटरपटर हुनसक्छ । पाको उमेरमा केटाकेटीले झैँ चुबुरचुबुर थोरथोरै खाईरहनु राम्रो हुन्छ, एकैचोटी अटेसमटेस् गरी खानु हुन्न, हेक्का रहोस् है । त्यसैले प्राय बिहानी र दिउँसोको दानेकुरा सकेसम्म आफैँ मनपर्ने कुराको तयारीगरी खानु फाईदाजनक हुन्छ । बेलुका परिवारका सबै जम्मा भएपछि के ख्वाउँछन ? हेरेर खानुभए हुन्छ । त्यसरी आफ्नो व्यवस्था गर्दा परिवार पनि प्रबृत्तिअनुसार ‘भोक्कै रहेको पिरलोमा’ बेलुका ‘चुक्क चुक्क वा खुनसो’ गर्ने छैनन् र साँझ रमाईलो हुनेछ ।


सकेको लुगाफाटो धुवाई पनि आफ्नै जिम्मा हो है । दैनिक वा छिटोछिटो सरिर नुहाउने बानी छैन वा परिस्थिति छैन भने  धेरै नसके नियमित प्रयोगगर्ने भित्री लुगा, मोजा र चिजबिज सफा राख्न अनुकुल समयमा धुने काम गरौँ । यसले तपाइँलाई दैनिकीमा आनन्दीमात्र दिनेहोईन स्वस्थ्यरहनसमेत सघाउ पु¥याउँछ भने परिवारमा पनि सकारात्मक सन्देश जान्छ । फेरी यो तपाइँको कार्यतालिकाले मनोबल मात्र होईन सारिरीक बल समेत बढन जाने हुन्छ र थप काम गर्नसक्ने बनाउँदै जान्छ ।


५. सम्बन्ध बढाउँनु होस्ः
परिवारमा बस्नुहुन्छ भने परिवारका सदस्यहरूका विशेष दिन वा उनिहरूका उपलब्धिमा साथभएको जानकारी दिनुहोस् । त्यसोगर्न ठूलो होईन ससाना लिखत वा प्रशँसा श्लोक लेखी त्यस अवशरमा सबै परिवारले देख्ने ठाउँमा टाँस्नु होस् । उनिहरूलाई मनपर्ने चिजविज त्यस्तो बेला उनिहरूले देख्ने गरेर भाञ्छा वा बैठक तिर राखिदिनोस् । उनिहरू त्यस्तो देखेर तपाइँ कत्ति स्नेह राख्नुहुन्छ भनि मक्ख पर्छन् र आदर थप्न उत्सुक हुन सक्छन् । सन्तानहरू सबै काम, माम र अवशरको नाममा तपाइँलाई छाडी बिदेशीएका छन् भने र जोडी मात्र हुनुहुन्छ भने एकअर्काको त्यस्ता विशेष अवसरका दिन बिहानै उठेर आफ्नो असिमीत माया रहेको जानकारी दिने टिप्पणी भाञ्छा वा स्नानागार तिर टाँसीदिनु भए, पछि उठने साथीलाई बिहानैदेखि हर्षले पुलकित र मायाले मस्कीएको चालनै फरक पाउनु हुनेछ । अघिल्लो दिनको ङारङारङुरङुर हराएर सिनित्त भएको भाञ्छामा बिहानको खाजा वा खाना ‘कति एक्लाएक्लै खानु सँगै खाउँन’ भन्दै गाला खुम्चिने र भएका दाँत देखिने मुस्कानकासाथ राखिएको प्रस्ताब सुन्न पाउनु हुनेछ ।


जन्मदिन वा त्यस्तै बिशेष दिनमा शुभकामनाकासाथ त्यस दिनलाई कसरी सम्झिरहेको छु भन्ने पनि थप्नु बढि हेक्का राखेको ठहरिन्छ । त्यस्तो अवशरमा केही थप फुलझडी लगाई साथी वा परिवार जनलाई प्रभावित गर्दा तपाइँको पाको उमेरमा खुसी थपिने छ । गम्भिर ठट्टा गरेर स्रोता मक्ख पार्न र काम लिन मानिसअनुसार चिल्लो धस्न पाका मान्छेलाई कस्ले सक्छ र ? भूक्तभोगी पाका मान्छे पक्कै अल्लारे झैँ गर्दैनन्, सम्बन्ध रमाईलो पार्न जान्दछन्, अनावस्यक बाउँटिदैनन् । बरु त्यस्तै अवशर पारेर लुगा र खानाको प्रशँसामा ‘यो लुगा कति सुहाएको ? हातै मिठो, जीब्रोमै झुण्डियो !’ जस्ता तुरुफ प्रयोग गर्न सकिन्छ । हेर्नोस् त सम्बन्धले कति चाँडै धुरी चढछ ?


६. हरेक दिन नयाँ काम सोचौँः
वास्तवमा पाको उमेर हुन थालेपछि हामी मध्ये धेरैले आफ्नो जीवनलाई पुनर्ताजगी गराएको हुनु पर्छ । सेवा निबृत्त भएको र ज्येष्ठनागरिक भनिएको त एउटा उमेरसमुह पुगेपछि दिईएको मानपदवी हो । यो उमेर शक्तिबिहिन र उर्जारहित भनिएको होईन, बरु सम्पूर्ण उर्जालाई लामो जीवनकालमा लिएको अनुभवमार्फत सँगेटेर अब गर्नैपर्ने काममा लगाउन उत्प्रेरीत गर्ने अवधि हो । त्यसैले अब हरेक दिन योजना बनाउँ र टिप्पणी राखौँ, गर्नबाँकी, हेर्नबाँकी र घुम्नबाँकी सबै कुरामा ध्यान दिएर काम र ठाउँ रोजौँ । यसै क्रममा मनमिल्दा साथी भेटिएलान, सिकाउनु पर्ने सिप सिकाउने ठाउँ पाईएला, हेर्ने, घुम्नुपर्ने ठाउँ गईएला र खुसीको भकारी खोज्न कहीँ जानु पर्ला र ? काममा लागिसके पछि हरेक दिनको क्रियाकलाप र उपलब्धि सबै टिपोट गरौँ । अब हेरौँ, निबृत्त हुँदा ‘के काम होला मेरो ? बेकामे भएँ’ भनि निराशाको खुईए गरेको बेलामा भन्दा अहिले बढि काम भएन होला र ? के बढि जानकारी र अब पाको उमेरमा आनन्द आएन र ? हामीले उमेर छउञ्जेल खुब दौडधुप गरेको त जीवनमा खोजेको खुसी र आनन्द हो नि ? अहिले काम नलाग्ने उमेर भनिएकोमा मानसिक र भौतिक रुपले स्वस्थ्यभई, त्यही पाएपछि के चाहियो त ? हरेक दिनको क्रमिक योजनाबध्द टिप्पणीसहित अगाडी बढदा आनन्दका साथमा स्वतस्फूर्त शक्ति पनि प्राप्त हुँदै जानेछ । उमेर ढल्क्यो भनि निचमारेर बस्ने होईन, सँधै सकृयरहेर, परिवारमा रहेर वा एकल हुँदा पनि सकेको गर्दै बाँच्नु पर्छ । आफुलाई राम्रो लागे र फाईदा भए अरुलाई पनि भनौँ, साथलाग्ने कोही नभए भूक्तभोगी पाका मान्छे पक्कै अघि सर्ने छन् ।


अन्त्यमा,
जीवनको कुनै बेलामा कुनै उमेरसमुहमा मानिस मनको आनन्दकोलागि नै सबै काम गर्दछ । पाको उमेर पुगेपछि प्राय उमेरले दिएन, गर्ने बेला गरियो भनि निस्कृय हुने र हिजोको जस्तो सकृय रहन सकिएन भनि बिरहका गीत गाउने काम रोकौँ । जीवनको उत्तरार्धमा ज्ञान, सीप, अनुभव र इच्छानुसार दैनिक कार्यसूचि बनाऔँ साथै त्यसलाई कार्यान्वयन गर्न लागि परौँ । त्यसोभए खुसी खोज्न र सुखी हुन कतै जानु पर्दैन, आफ्नै खोप्रीमा झरीको वर्षाझैँ झमझम वर्षिन्छ, ढुक्कभई अगाडी बढनु होस् ।     

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार