• शनिबार १०-२१-२०७९/Saturday 02-04-2023
विचार

फेरी विमान दुर्घटना

सन् २०२२ को वर्षायाममा यानी २९ मेमा तारा एयरको ट्वीनओट्टर विमान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनाग्रस्त भएर २२ जना यात्रु र चालकदलको मृत्यु भएको केहीसमय पछि नै नयाँ सालको आगमनसँगै फेरी पोखरामा नै अर्को ठूलो विमान दुर्घटनामा परेको छ । त्यो पनि नयाँ र पुरानो विमानस्थलको बीचमा रहेको सेती नदीको खोँचमा । नेपालमा खासगरी हिमाली र पहाडी क्षेत्रमा खराब मौषमका कारण विमान अक्सर दुर्घटनामा परिरहने भएता पनि मुख्य मुख्य शहरहरू बीचको ट्रङ्क रुटमा चल्ने ठुला विमानहरू दुर्घटनामा पर्ने गरेको घटना हिजो आज ज्यादै कम हुँदै गएको थियो ।

 

यस अघि नेकोन एयरको एभ्रो विमान पोखराबाटै काठमाडौँ फर्कँने क्रममा सन् १९९९ को सेप्टेम्बर ५ मा काठमाडौँको थानकोट निर दुरसञ्चारको टावरमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालकदलका ५ र १० यात्रु सहित कुल १५ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १० नेपाली सहित ३ भारतीय र २ वङ्गलादेशी नागरिकको मृत्यु भएको थियो ।

 

नेपालमा सन् १९४९ तिर काठमाडौँको गौचर (घाँसे) विमानस्थल (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) बाट पहिलो पटक डकोटा विमान मार्पmत वायुसेवाको शुरुवात भएको हो। पछि सन् १९५२ तिर विराटनगर, भैरहवा, सिमरा र पोखरामा विमानस्थल निर्माण गरेर विमानसेवा शुरु भयो । तत्पश्चात अन्य हिमाली, पहाडी र तराईका मैदानमा धेरै विमानस्थलहरू बने । आज विश्वमा नै यति सानो क्षेत्रमा झण्डै ४ दर्जन विमानस्थल भएको मुलुक नेपाल नै भएको छ भने विमान दुर्घटनाको हिसाबले पनि नेपाल निक्कै बदनाम भएको छ ।

 

सन् १९९२ जुलाई ३१ मा भएको थाई एयरवेजको काठमाडौँको उत्तरमा रहेको नुवाकोटको घ्याङफेदीमा भएको विमान दुर्घटना र सोही सालको सेप्टेम्बर २८ मा भएको पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सको काठमाडौँको दक्षिणमा रहेको ललितपुरको भट्टेडाँडामा भएको विमान दुर्घटनामा नेपालले त्यतिबेलाका अधिकांश फिफा रेफ्री र लाइन्सम्यानहरू गुमायो । सन् २००६ सेप्टेम्बर २३ मा दशैँको घटस्थापनाको दिन ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा मर्ने २४ जना मध्ये १ मन्त्री सहित नेपालले डा. हर्क गुरुङ रडा. चन्द्र गुरुङ तथा नेपालका र विश्वकै अति वरिष्ठ भूगर्भशास्त्रीहरूलाई गुमाउनु प¥यो । ताप्लेजुङमा नै पाथीभराको मन्दिरसँगैको पहाडमा सन् २०१९ अप्रिल २७ मा भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी र यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा सहित ७ जनाले ज्यान गुमाउनु प¥यो । त्यस्तै २०१८ मार्च ४ मा भएको युएस बङ्गलाको त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा वङ्गलादेशमा चिकित्साशास्त्रको अध्ययन पुरा गर्न लागेका धेरै युवाहरूलाई नेपालले गुमायो । थाई र पीआइएको विमान दुर्घटनामा जहाजको उपकरणले गलत सूचना दिएकाले त्यति ठूलो क्षति व्यहोर्नु प¥यो भनेघुन्सामा र पाथिभरामा भएको हेलिकप्टर दुर्घटनामा विमान चालकको कुरा नमानी मन्त्री र अन्य उच्च पदस्थले विमान उडाउने आदेश दिनाले दुर्घटना हुन गयो । त्यस्तै युएस वङ्गलाको विमान दुर्घटनामा दिमागी हालत ठीक नभएको चालकको लापर्वाही प्रमुख कारण बन्न पुग्यो । यस्ता अधिकांश घटना घट्नुमा नियामक निकायको कमजोरी र फितलो नियमन नै कारक तत्व बन्न पुगेका छन् । 

 

नेपालको भौगोलिक अवस्थितिले गर्दा यहाँ विमान दुर्घटनाका घटनाहरू निकै धेरै भइरहन्छन् । नेपालमा विमानसेवाको शुरुवात पछि सबैभन्दा पहिलो विमान दुर्घटना सन् १९५६ मे १५मा काठमाडौँमा इन्डियन एयरलाइन्सको र त्यसपछि पुनः इन्डियन एयरलाइन्सकै जहाज पातले भञ्ज्याङमा दुर्घटनाग्रस्त हुन पुगेको हो । सन् १९६० नोभेम्बर ५ मा भैरहवाबाट निर्माण सामग्री बोकेर उडेको नेपाल वायुसेवाको डकोटा विमान उड्ने वित्तिकै दुर्घटनाग्रस्त हुन पुगेको थियो भने यसमा सवार चालकदलका ४ सदस्यको मृत्यु भएको थियो । 

 

सन् १९६२ अगस्ट १ मा नेपाल वायुसेवाकै डकोटा विमान भारतको नयाँ दिल्ली जाने क्रममा पश्चिम नेपालको विकट वाग्लुङ जिल्लाको घोरपाटन भन्ने ठाउँको तुलाचनधुरीमा दुर्घटनामा पर्दा १० जना यात्रुको निधन भएको थियो । त्यतिबेला भारतका लागि नेपाली राजदूत नरप्रताप थापा पनि सो दुर्घटनामा परेर दिवङ्गत भएका थिए । त्यतिबेला जहाज दुर्घटना भएर घाइते भएका भनिएका नरप्रताप सहितका केही जिवित यात्रुलाई मारेर धनसम्पत्ति तथा गरगहना लुटेका कुरा पनि अपुष्ट रूपमा सुन्नमा आएको थियो । यो नै नेपाली विमानसेवाको पहिलो अन्तर्राष्ट्रिय सेवाको दुर्घटना थियो ।

 

सन् १९६९ को जुलाई १२ मा नेपाल वायुसेवाको डकोटा विमान हेटौँडामा दुर्घटनाग्रस्त हुँदा त्यसमा यात्रा गरिरहेका सबै ३१ जनाको मृत्यु भएको थियो । यस्तै सन् १९७० जनवरी २५ मा नेपाल वायुसेवाको भाइकाउण्ट टर्वोप्रप जहाज भारतको नयाँदिल्ली विमानस्थलमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो । यस्तै समयतिर नेपाली सेनाको प्याराजम्पको लागि उडेको डकोटा जहाजबाट धुलिखेल निर सेनाका जवानहरू प्याराजम्प गरिसकेपछि अवलोकन गर्न घुमेको विमान दुर्घटनाग्रस्त हुँदा विमानका चालक क्याप्टेन किङ तथा सेनाका अधिकृतहरू सहित प्याराजम्प गरिसकेका सेनाका करिव दुइ दर्जन जवान पनि आगोको लप्को खसेर प्यारासुट जलेपछि मरेका थिए ।

 

यसरी सन् १९४९ देखि आजसम्मको ७३ वर्षमा नेपालमा आन्तरिक उडानमा रहेका ट्रङ्क रुटमा चल्ने ५ वटामझौला विमानहरू ठूलो दुर्घटनामा परेका छन् । यति लामो अन्तरालमा जम्मा ५ वटा मात्र दुर्घटना हुनु त्यति विकराल अवस्था होइन जति हामी कहाँ यो बारे हौवा उडाइन्छ । हो सबै प्रकारको आन्तरिक सेवाका हवाई दुर्घटनाहरूको लेखाजोखा गर्ने हो भने नेपालमा आजसम्म १६ वटा हेलिकप्टर, ६ वटा एकल इन्जिनका साना जहाज र २२ वटा २ इन्जिन भएका साना जहाज गरी २८ दुर्घटना र ४ वटा मझौला विमानहरू गरी आन्तरिक सेवातर्पm जम्मा ४८ र अन्तर्राष्ट्रिय विमानसेवाका ८ विमान गरी कुल ५६ विमान दुर्घटनामा परिसकेका छन् ।

 

अन्तर्राष्ट्रिय विमान दुर्घटनाको कुरा गर्दा सन् २०१८ को मार्च १२ मा ढाकाबाट ७१ यात्रु बोकेर आएको यु.एस. वाङ्ग्ला एयरलाइन्सको बम्बार्डियर क्यु ४०० टर्बोप्रप विमान सो विमानका चालकको चरम लापर्वाहीले गर्दा त्रिभुवन विमानस्थलमा नै दुर्घटनाग्रस्त भएको थियो । यो दुर्घटनामा ५१ जनाको मृत्यु भयो भने २० जना बाँच्न सफल भए ।

 

नेपालमा हवाई दुर्घटनाकोमुख्य कारण नै विकट भौगोलिक परिवेशले गर्दा अचानक मौषम खराब भइदिएर चालकदलले विमानलाई सही दिशामा लैजान नसक्नु हो । प्राविधिक रूपले पहिलेको दाँजोमा हाम्रा विमानस्थल र हवाई ट्राफिक व्यवस्थापन प्रणालीमा धेरै सुधार आएको भएता पनि हाम्रा हिमाली र पहाडी क्षेत्रहरूमा हवाई उडान गर्नु अभैm पनि निक्कै जोखिमपूर्ण नै छ ।

 

ट्रङ्क रुटको कुरा गर्ने हो भने विगत ७३ वर्षमा ५ वटा मात्र ठूलो दुर्घटना भएको भएता पनि नागरिक उड्डयन प्राधिकरण तथा नीजि विमानसेवाहरूका केही गैह्रजिम्मेवारीपनाले गर्दा पनि यहाँ कुनै पनि बेला विमान दुर्घटना हुन सक्ने सम्भावना रहिरहेको छ । उदाहरणको निम्ति पोखराको पुरानो विमानस्थलएटीआर ७२ र भरतपुरको विमानस्थल एटीआर ४२ जस्ता मझौला विमान अवतरण गर्न सक्ने खालका विमानस्थल होइनन् । तर यी विमानस्थलमा जबर्जस्ती यस्ता ठुला विमानलाई उडान भर्न दिइएको छ । पोखरामा नयाँ विमानस्थलको निर्माण भएपछि यो समस्याको समाधान भएको भएता पनि भरतपुरमा सो विमानस्थलको रनवे विस्तार नहोउञ्जेलसम्म त्यहाँ यस्ता विमान सञ्चालन गर्नु खतरापूर्ण नै हुन जान्छ । सुर्खेत तथा खाँदबारी विमानस्थलको पनि राम्ररी जाँच गरेर मात्र मझौला विमानहरू सञ्चालन गर्न दिँदा राम्रो हुनेछ ।

 

नागरिक उड्डयनका कैयन् विज्ञहरूले विभिन्न अन्तर्वार्ता र आलेखमा व्यक्त गरेका विचार मुताविक विमानसेवाहरू उडानका निम्ति योग्य भए नभएको एयरवर्दीनेस परिक्षण र सर्टिफिकेशन गर्ने प्रणाली फितलो भएको तथा नेपालका विमानस्थलका कन्ट्रोल टावरमा काम गर्ने अधिकांश प्राविधिक कर्मचारी अन्तर्राष्ट्रिय मापदण्ड मुताविक योग्य नभएको कुरा पनि सुन्नमा आएको छ । नेपालका वायुसेवाहरू मध्ये वुद्ध एयरले मात्र आफ्ना जहाज र प्राविधिक कर्मचारीलाई चुस्त र स्फुर्त हालतमा राखेको कुरा पनि बरोबर सुनिन्छ ।

 

केही समय अघिसम्म यति एयरसँग रहेका करिव आधा दर्जन पुराना जेटस्ट्रिम विमानको उत्पादन नै बेलायतमा बन्द हुनुका साथै यसका आवश्यक पार्टपुर्जा समेत विश्व बजारमा पाउन छाडे पछि यतिले यी विमानलाई विस्थापन गरेर एटिआर खरिद गर्ने योजना अघि सारेको हो । तर हाल ती सबै थोत्रा विमान खरिद गरेर अर्को एक आन्तरिक विमान कम्पनीले यात्रुहरूको जीवनसँग खेलवाड गरेर सेवा सञ्चालन गरिरहेको र यस्तो कुकार्यको निम्ति नागरिक उड्डयनले अनुमति दिएको देख्दा नेपालमा विमान दुर्घटना हुनुको मुख्य कारण नै फितलो र भ्रष्ट नागरिक उड्डयन निमायक संस्था रहनु हो । यो क्षेत्रमा सरकारले विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

 

गत माघ १ गते भएको दुखद विमान दुर्घटनालाई लिएर भारतीय टेलिभिजनहरूले अनेकन समाचारहरू बनाए । नेपालको हवाई सुरक्षामा ज्यादै धेरै कमजोरी भएको कुरा दर्शाए भने चीनले नेपालमा हालै दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाइदिएको भनेर यो दुर्घटनालाई उता जोड्ने प्रयत्न गरे । नेपालका ती विमानस्थलहरू निर्माण गर्न चीनका ठेकेदारले ग्लोवल टेन्डर मार्पmत ठेक्का पाएका र सो टेण्डरमा आफ्ना मुलुकका ठेकेदारहरू समेत सहभागी भएका कुरा भने उल्लेख गरेनन् । पोखराको विमानस्थल निर्माणको निम्ति नेपालले त्यहाँको एक्जिम बैङ्कबाट ऋण लिएको कुराको उल्लेख नै नगरी बिआरआई अन्तर्गत बनेको कुरा पनि भनेका थिए । वास्तवमा उनीहरूलाई नेपालमा ठूला विमानस्थल बनेको भन्दा पनि बढी दुख चिनीया ठेकेदारले निर्माण गरेकोमा रहेछ जस्तो भान भयो । वास्तविकतामा हिजो आज चीनले अनुदानमा काठमाडौँको चक्रपथ मात्र विस्तार गरी दिँदैछ भने उसले निर्माण गरिदिने भनेको रेलमार्गहरूको निर्माण शुरु हुन अभैm दशकौँ लाग्ने छ ।

 

नेपाल जस्तो सानो र भारतको सबैभन्दा नजिकको छिमेकीको प्रगतिमा भारत सरकार र सञ्चार माध्यमले सकारात्मक विचार राख्नुका साथै नेपाललाई विशेष माया दर्साउनु जरुरी हुन्छ भने नेपालले पनि भारतसँगको सहकार्यमा विविध विकासका कार्यक्रम र भन्नै पर्दा नागरिक उड्डयन क्षेत्रलाई पनि सवल बनाउने प्रयत्न गर्नु पर्दछ । आखिर नेपालको नागरिक उड्डयनको शुरुका पुर्वाधार पनि भारतकै सहयोगमा तयार भएका हुन् ।

 

नेपालमा स्थल यातायातको लागि सबै ठाउँमा अभैm सडक नपुगेको तथा पहाडी भिरपाखामा बनेका सडकबाट आवत जावत गर्न पनि निक्कै जोखिम मोल्नु पर्ने अवस्थामा हवाई यातायातको विशेष महत्व रहन जान्छ । तर हाम्रो जस्तो विकट भौगोलिक अवस्थाको मुलुकमा हवाई यातायातलाई पनि सुरक्षित बनाउन निक्कै धेरै कार्य गर्नु पर्ने हुन्छ । त्यसैले पनि सरकारले नागरिक उड्डयन प्राधिकरणको एउटा हाँगालाई हवाई सुरक्षाको एक महत्वपूर्ण अङ्ग बनाएर अबका दिनहरूमा हवाई यातायात पूर्ण रूपमा सुरक्षित हुने वन्दोवस्ती गरेर जनतामा दृढ विश्वास जगाउन सक्नु पर्ने भएको छ ।


-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार