• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

आलोचनाले हामीलाई किन धेरै समयसम्म सताइरहन्छ

 

हामी बच्चा हुँदा हामीलाई भनिन्थ्यो; लट्ठी र ढुङ्गाले हड्डी भाँचिन सक्छ तर शब्दले भने कहिल्यै दुख्दैन। तर अनुभव बढ्दै जाँदा यो पुरानो लोकोक्ति सत्यताभन्दा धेरै टाढा छ भन्ने वयस्कहरूले बुझ्छन्, शरीरमा लागेको चोट त केही सातामा निको हुन्छ तर नकारात्मक टिप्पणीले भने जीवनभरका लागि पीडा छोडेर जान्छ।

 

चाहे विद्यालयमा शिक्षकले गर्ने आलोचना होस् हो प्रेमी वा साथीले चर्को विवादका बेला गर्ने निर्मम टिप्पणी त्यसलाई हामी सकारात्मक टिप्पणीभन्दा धेरै लामो समय सम्झने गर्छौँ। त्यसलाई नेगेटिभिटी बायस अर्थात् नकारात्मक रूपमा राखिने पूर्वाग्रह भनिन्छ।

 

 

खासमा, जटिल असरहरू यही पूर्वाग्रहमार्फत् व्याख्या गर्न सकिन्छ जुन भनेको सकारात्मक भावनाभन्दा नकारात्मक भावनाले हामीलाई बढी सशक्त रूपमा असर गर्छ।युनिभर्सिटी अफ क्वीन्सल्यान्डका सामाजिक मनोवैज्ञानिक तथा द पावर अफ ब्याडस् एन्ड हाउ टु ओभरकम इटका सहलेखक रोए बउमाइस्टरका अनुसार त्यस्तो पूर्वाग्रहका कारण हामीले धम्कीपूर्ण वा जोखिमपूर्ण अवस्थामा विशेष ध्यान दिने र खतराहरू बढाइचढाइ गर्ने गर्छौँ।

 

विश्वको नराम्रो पक्षतर्फ धेरै ध्यान दिएको कुराले विषादको सम्भावना बढाउने जस्तो सुनिए पनि यसले मानिसहरूलाई प्राकृतिक विपद्‌देखि युद्धसम्मका घटनामा कसरी जुध्ने भनेर तयारी अवस्थामा रहन पनि मद्दत गर्छ। (यद्यपि आशावादी हुँदा त्यसले पनि चरम अवस्थाहरूमा हुने तनावबाट जोगाउँछ भन्ने प्रमाणहरू छन्।)

 

मानव मस्तिष्क हाम्रो शरीरको रक्षा गर्न र जीवन्त राख्न बनेको हो जसमा नयाँ खतरासँग जुध्न तीन वटा चेतावनी प्रणाली हुन्छ। मस्तिष्कको केन्द्र भागमा हुने प्राचीन बेसल गाङ्ग्लिया प्रणालीले हामीलाई कुनै पनि कुरासँग भिड्ने वा छोडेर हिँड्ने भन्ने नियन्त्रण गर्छ।त्यस्तै लिम्बिक प्रणालीले कुनै पनि खतराहरूसँग जुध्नका लागि भावनाहरू विकास गर्न र सबैभन्दा आधुनिक प्रि-फ्रन्टल कर्टेक्सले जोखिमहरूसँग तार्किक रूपमा सामना गर्ने प्रणाली सक्रिय बनाउँछ।सारा ग्रिफिथ्स/बीबीसी फ्यूचर 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार