• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन

काठमाडौं । महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगसँग एक वर्ष लामो संघर्षपछि गएराती उनको मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् पुष्टि गरेकी छिन् ।

 

पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको संक्रमण भएको थियो । पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो ।

 

पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ। पेलेले चारवटा बिश्व खेलेका थिए भने तीन खेल जितेका थिए । उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भइ १४ खेलमा १२ गोल गरेका थिए ।

 

 १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट फुटबल खेल्न थालेका उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।

 

पेले पहिले देखिनै मिर्गौलाको समस्यासँग सङ्घर्षरत थिए। २१ वर्षको खेल जीवनका क्रममा विपक्षीहरूसँगको घम्साघम्सीका कारण उनले सन् १९७०को दशकमा एउटा मिर्गौला गुमाएका थिए।

 

ब्राजिललाई विश्वको सबैभन्दा राम्रो फुटबल टोलीका रूपमा स्थापित गर्नुका साथै काला जातिका पुरुष पेलेले अझ महत्त्वपूर्ण काम पनि गरे: दासत्वको लाजमर्दो विगत र आजसम्म कायम रहेको पृथकताको विरासत भएको भूमिमा उनी राष्ट्रिय सम्पत्तिका रूपमा स्थापित हुन पुगे।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार