• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
मनोरञ्जन

जसलाई बाल्यकालदेखि हास्यव्यङ्ग्यमा रुची थियो...

काठमाडौं  । हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब एक महिनाअघि हृदयाघात भएपछि उनको भेन्लिेटरमा राखेर अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स) मा उपचार भइरुहेको थियो । उनको हिजो बुधवार ५८  निधन भएको हो । शारिरिक व्यायाम गर्दा उनलाई हृदयाघात भएको थियो ।

 

उत्तर प्रदेशको कानपुरमा एक मध्यमवर्गीय परिवारमा जन्मेका उनी प्रारम्भिक शिक्षा पूरा गरेपछि चलचित्र उत्पादनको केन्द्र मुम्बईमा आफ्नो प्रतिभा प्रस्तुत गर्न पुगेका थिए । बाल्यकालदेखि नै उनमा हास्यव्यङ्ग्यको अद्भूत चेत थियो । उनी त्यसैबेलादेखि हास्य कलाकार बन्न चाहन्थे । 

 

प्रारम्भमा सानो चरित्रका साथ चलचित्र जगत्मा प्रवेश गरेका उनले ‘तेजाब, मैने प्यार किया, बाजिगर, आमदानी अठन्नी खर्च रूपैया, मै प्रेम दिवानी हुँ, बिग ब्रदर, बम्बै टु गोआ’ लगायत धेरै चलचित्रमा अभिनय गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार