• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

भदौ २२ देखि ३१ सम्म विद्यालय नाटक महोत्सव हुने

विराटनगर । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव आयोजना हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला

 

नाटकघरमा हुने महोत्सवमा दशवटा नाटक मञ्चन हुनेछन् । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । 

 

पाठ्यक्रममा समावेश वा शिक्षक÷विद्यार्थीले लेखेका एक घण्टा अवधिका नाटक शिक्षक÷विद्यार्थीले नै निर्देशन गरेर महोत्सवमा मञ्चन गरिनेछ ।

 

इच्छुक विद्यालयले आगामी भदौ ५ गतेसम्ममा आरोहणसँग सम्पर्क गर्नुपर्नेछ वा आरोहणले उसको वेभसाइट अथवा सामाजिक सञ्जालमा उपलब्ध गराएको फारम भरेर विद्यालयले सहभागिताका लागि आवेदन दिन सक्नेछन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार