कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेसले यही असार २७ गतेको लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
पछिल्लो समय कांग्रेसमा पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई नेताहरुले दबाब दिएका थिए ।
केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
काँग्रेसले उक्त बैठकका लागि दुई एजेण्डा तय गरेको छ । स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डा तय गरिएको पौडेलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस