गायक स्वप्न सुमन र मोडेल ज्योत्सना विवाह बन्धनमा बाँधिए

काठमाडौं । चर्चित गायक स्वप्न सुमन र मोडेल ज्योत्सना योगी विवाह बन्धनमा बाँधिएका छन ।
नव–दम्पत्ति जोडीले सामाजिक सञ्जाल मार्फत तस्विर सेयर गर्दै विवाह बारे जानकारी दिएका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेपनि उनीहरूले आफ्ने प्रेम सम्बन्धलाई सार्वजनिक भने गरेका थिएनन् ।
सुमन युवापुस्तामाझ रुचाइएका गायक हुन भने योगी मोडलिङमा सक्रिय छिन् । सुमनका ‘कसरी भनुँ तिमीलाई’ देखि ‘हराउन देउ’ जस्ता गीतहरु चर्चित छन ।
प्रतिकृया दिनुहोस