चन्द्रागिरि साहित्य प्रतिष्ठानको ३९औं भर्चुअल जेष्ठ नागरिक (बुढ्यौली) विशेष काव्य गोष्ठी सम्पन्न
काठमाडौं । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा एवं प्राध्यापक गोपिकृष्ण शर्माको प्रमुख आतिथ्यमा, बरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जिताली, बरिष्ठ साहित्यकार कलानिधि दाहाल, हास्य ब्यङ्ग्यकार कृष्ण मुरारी गौतम (चट्याङ मास्टर), श्रीधर पौडेल, ठाकुर शर्माको विशिष्ठ आतिथ्यतामा ३९औ विशेष काव्य गोष्ठी सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा लक्ष्मी प्रसाद मिश्र, दुर्गा अधिकारी भमरकोटे, दुर्गा अधिकारी रिमाल, खगेन्द्र प्रसाद वस्याल,आर्त अकुलीन, सुधा बास्कोटा ढकाल, रस्मी रिमाल, गंगा गहतराज, हरि प्रसाद चौलागाई, द्वारिका कुईकेल,सिता विष्ट कार्की, शारदा आचार्य, उर्मिला पन्त, चन्द्रावती अधिकारी,लक्ष्मी बस्याल, चन्द्रा न्यौपाने, बासु ठकुरी, टेक बहादुर लौडारी, सुरेश घिमिरे, गंगा लिगल, सुमित्रा सुमी, सिता अधिकारी, रविन्द्र आशिष, गुप्त बहादुर श्रेष्ठ, लक्ष्मी स्मृती लगायत ३३ साहित्यकारहरूले आआफ्ना विशेष रचना वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक गोपीकृष्ण शर्मा आफुले भोगेको बुढ्यौली भिन्न प्रकारको हुने बताएका थिए । वाल्यकाल,यौवन र वृद्धत्व यो ठूलो बरदान हो, उनले भने। यस्तै अर्का बिशिष्ठ अतिथि कलानिधि दहाल काव्य गोष्ठीमा एउट सुन्दर कविता प्रस्तुत गरेका थिए।
श्रृङ्गारको कुनै हुन्न चाहना मन मस्तमा
टुडीखेल बसे जस्तो,बृद्ध बेला छ गौरव ।
यस्तै डा.बम बहादुर थापा जीतालीले साहित्यमा खोरिया बाछिटा,उदक सुसेलीजस्ता नयाँ विधा आईरहेको छ र यी सबैमा बुढ्यौली विषय प्रस्तुत हुनु एकदमै राम्रो कुरा हो भनी खुशी व्यक्त गरेका थिए ।
सुधा बास्कोटा ढकालको उद्घोषणबाट सन्चालन भएको कार्यक्रमको अन्त्यमा अध्यक्ष जनार्दन अधिकारी धड्कनले प्रमुख अतिथि लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै निकट भविष्यमा बुढ्यौली कविता प्रतियोगिता, बुढ्यौली कविता बिशेषांक निकाल्ने जनाएका थिए । खोरियाको पर्वतकको हैसियतले धेरै स्रष्टाहरूले खोरियामा कलम चलाउने हुँदा उनले खुशी व्यक्त गर्नुका साथै छिट्टै राष्ट्रिय खोरया प्रतिष्ठान गठन हुने बताएका थिए ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस