• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
श्रृङगार

हिना मेहन्दीले धेरैको हात सजाएकी कविता

कविता रोक्का

काठमाडौं । हिना/मेहन्दी एक कला हो । पछिल्लो समय युवतीहरु माझ चर्चित बन्दै छ हातको मेहन्दी । खास गरी बिवाह समारोहमा बेहुली र उनका संगीहरु मेहन्दीमा सजिन रुचाउँछन ।

 

नेपाल, भारत पाकिस्तान, वंगलादेश लगायतका देशहरुमा मेहन्दी एउटा परम्पराको रुपमा रहेको छ । घण्टौसम्म मेहन्दीका बुटाहरुमा रमाउने कविताले मेहन्दीका विषयमा धेरै कुरा बताइन ।

 

सुरुवात 
म कविता रोक्का । म एक व्यवसायिक मेहन्दी कलाकार हुँ  । काठमाडौं स्थित कालोपुलमा मेरो कविता हिना स्टुडियो रहेको छ । म आफैले निजि हिना व्यवसायको रुपमा स्थापित गरेकी हुँ । विवाह समारोहहरुमा मेहन्दी आर्टिस्टको रुपमा मैले काम गर्दै आइरहेकी छु । 

 

मैले पेशागत रुपमा सन २०१६ बाट मेहन्दीको काम सुरु गरेकी हुँ । एक समय मैले मेरो फेसबुक पेजमा  हाँतमा लगाएको मेहन्दीकोे डिजाइन पोष्ट गरेकी थिए । त्यस दिनले मलाई मेहन्दी आर्टमा केही गर्ने सकिन्छ भन्ने उत्साह थप्यो । मेरा नजिकका साथीहरुले मलाई यसलाई व्यवसायिक रुप दिएर अगाडी बढ्न हौसला दिए । साथीहरुको सुझावलाई मैले व्यवसायका रुपमा अगाडी बढाउने निर्णय लिए ।

 

मलाई विशेषगरी  समारोह जस्तै श्रावनमा, निजी मेहेन्दी समारोह, दान कार्यक्रम र तीजका लागि धेरै अवसर आउने गर्दछ । त्यसमध्ये मन पर्ने भनेको बेहूली वा दुल्हन सजावट हो ।

 

मेहन्दी आर्ट गर्ने मन भित्रको मेरो इच्छालाई व्यवसायीक रुपमा अगाडी बढाउन पाउदाँ रमाइलो संगै जिम्मेवारी महशुस भएको छ । म जस्ता धेरै मेहन्दी आर्ट गर्ने चाहनेहरुलाई तालिम पनि दिदै आएको छु । 

 

विभिन्न प्रकारका मेहन्दी डिजाइनहरु छन् जुन मेरो ३ वर्षको व्यावसायिक यात्रामा मैले बनाउदैं आएका केही डिजाइनहरु :

 

भारतीय डिजाइन

 

 

यो डिजाइन विभिन्न समयमा लोकप्रिय परम्परागत समारोह जस्तै विवाह, तीज, इद र कर्वा चौथमा प्रख्यात छन् । भारतीय डिजाइनले धर्ती, प्रकृति र भावनासंग प्रेरित गरेको हुन्छ । नेपालमा भारतीय डिजाइनको बारेमा ज्ञान भएका कलाकार थोरै मात्रामा पाइन्छन् ।

 
अरविक डिजाइन 

 

अहिले डिजाइनको दनियाँमा अरविक डिजाइन बढी फैलिएको पाइन्छ । जो धेरै मात्रामा क्याजुरीको ढाँचामा र धेरै छायांकन हुन्छन् । यस्तो खालका रुचीपुर्ण डिजाइन महिलाहरु माझ अधिक लोकप्रिय छ । 
 

इन्डो अरविक डिजाइन 

 

डिजाइनमा फ्युजनले महत्वपुर्ण अर्थ राख्छ । हातको लागि इन्डो अरबीक डिजाइनहरु  उत्कृष्ट उदाहरण हुन् । इन्डो अरविक डिजाइनहरु अहिले दुलहीका लागि प्रसिद्ध छन् । उनीहरुको हातपुर्ण रुपमा सजाएको हेर्न चाहन्छन् । 

 

पश्चिमी डिजाइन

 

पश्चिमी डिजाइन धेरैको रोजाईमा पर्ने गरेको छ । यो एउटा रचनात्मक कलाको एक माध्यम हो । 
 

इन्डो पश्चिमी डिजाइन

 

इन्डो पश्चिमी डिजाइन पूर्वी र पश्चिमको मिश्रण हो । यो डिजाइन धेरै स्पेस आउट र आधुनिक ढाँचाहरुको साथ परम्परागत डिजाइनको साथ प्रस्तुत गरिन्छ । 
 

पुरुषहरुका लागि डिजाइन 

 

युवतीहरुको राजाईमा जुन रुपमा मेहन्दी पर्ने गरेको छ । पछिल्लो समयमा पुरुषहरुले पनि यसलाई अस्थायी ट्याटुको रुपमा लिइरहेका छन् । केहि युवाहरुले आफूलाई मन पर्ने फुटबल टिमको ट्याटु बनाउने गरेका छन । केहि समय पहिले मैले एक जना युवाको हातमा म्नचेस्टर युनाइटेडको ट्याटु बनाएकी थिए ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार