हिमाली विपद्मा पूर्वसूचना प्रणाली अपरिहार्य र सम्झौता गर्न नसकिने विषय बनेको छ: कार्यकारी प्रमुख डा. उप्रेती
काठमाडौं ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपालले पछिल्लो दशकमा हिमाली प्रकोपहरूको बारम्बार सामना गर्दै आएको सन्दर्भमा, शृङ्खलाबद्ध हिमाली विपद्का लागि पूर्वसूचना प्रणाली (EWS) अत्यन्त महत्वपूर्ण, अपरिहार्य र सम्झौता गर्न नसकिने विषय बनेको बताउनुभएको छ।
आजबाट काठमाडौंमा सुरु भएको 'नेपालमा शृङ्खलाबद्ध पहाडी विपद्का लागि पूर्वसूचना प्रणाली: अनुभव, सिकाइ र भावी कार्यदिशा' शीर्षकको कार्यशालामा विशेष मन्तव्य राख्दै डा.उप्रेतीले क्रमिक रूपमा देखा पर्ने प्रभावहरू र अचानक देखा पर्ने विपद् घटनाहरू दुवैका लागि तयारी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
टर्किएमा भएको कोप (COP31) सम्मेलनले पूर्वसूचना, शृङ्खलाबद्ध जोखिमहरू र हिमाली विपद्का विषयलाई नयाँ प्राथमिकता दिएको उल्लेख गर्दै डा.उप्रेतीले नेपालका लागि पूर्वसूचना प्रणाली (EWS) विश्वव्यापी रूपरेखा तथा मार्गदर्शनबाट शिक्षा लिएर नेपालको राष्ट्रिय तथा स्थानीय सन्दर्भअनुकूल हुने गरी डिजाइन गरिनुपर्नेमा जोड दिनुभयो।
डा.उप्रेतीले अबका केही साताभित्र सबैका लागि पूर्वसूचनाको राष्ट्रिय मार्गचित्र, बहुप्रकोपीय जोखिम आकलन कार्यढाँचा पारित हुने पनि जानकारी दिनुभयो।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस