• मंगलबार ५-३०-२०८३/Tuesday 09-15-2026
देश/प्रदेश

पीडामा रहेकालाई अनावश्यक पीडा दिनेहरूप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिक संग  सरकार  साथमा रहेको बताएका छन्।

 

 छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउँदै शाहले भनेका छन्, ‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’

 

 शनिबार साँझ सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–१० बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले उद्धार गरेको घटनाले खोज तथा उद्धारमा सरकार अझै दृढतापूर्वक लागिरहेको सन्देश दिएको बताएका छन्।

 

पीडितको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने उल्लेख गर्दै शाहले पीडामा रहेकाहरुलाई अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिनेहरूप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार