तीन प्रतिष्ठानले पायो नेतृत्व
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान ले तीन प्रज्ञा प्रतिष्ठानको नेतृत्व तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले मिति २०८३/०४/१९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसभा सदस्यहरूलाई मनोनित गरिएको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यद्धारा जारी विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी र उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त भएका छन् । सदस्य–सचिवमा रुपन्देहीका रोशन शेरचन,परिषद् सदस्यमा काठमाडौँकी प्रतिसरा मानन्धर, दाङका कृष्ण राज चौधरी, तेह्रथुमकी सीता सुब्बा, कास्कीका तीर्थ बहादुर गुरुङ, सिराहाकी रुपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर घर्ती नियुक्त भएका छन् ।
त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार र उपकुलपतिमा ललितपुरका चन्द्र श्याम डंगोल नियुक्त भएका छन् । सदस्य–सचिवमा दोलखाका कैलाश कुमार श्रेष्ठले नियुक्त भएका छन्। प्रतिष्ठानको परिषद् सदस्यमा काठमाडौँका जुपिटर प्रधान, झापाका कुबिर देवान, ललितपुरकी संगी श्रेष्ठ, बाँकेका धुव्रराज शर्मा, सिराहाका ओम प्रकाश यादव र ललितपुरकी विणा पौड्याल नियुक्त भएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौँका ब्रजेश खनाल र उपकुलपतिमा ताप्लेजुङकी झुमा वनेम नियुक्त भएका छन् । सदस्य–सचिवमा मोरङका भूपेन्द्र सिंह रायमाझी नियुक्त गरिएको छ । उक्त प्रतिष्ठानको परिषद् सदस्यमा झापाका छेन्दोक हाङ राई, भक्तपुरका जीत बहादुर देउजा, ललितपुरकी सुबिमा श्रेष्ठ, बर्दियाकी सरस्वती चौधरी, भोजपुरका राजन मुकारुङ र धादिङकी रेखा शाह गुरुङ नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस पौडेल) ले तीनै कुलपतिलाई शपथग्रहण गराएका छन् ।





प्रतिकृया दिनुहोस