ईम्पेरियल इन्जिनियरिङ कलेजको सि.इ.ओ मा डा.जोशी नियूक्त
भक्तपुर । भक्तपुरको ताथली स्थित ईम्पेरियल इन्जिनियरिङ कलेजको सि.इ.ओ मा ई डा.खेमराज जोशी नियूक्त भएका छन । साँढे दुई दशक देखी विविध बिधाका इन्जिनियर उत्पादन गर्दै आएको कलेजले,कलेजका प्रयोशशाला,पूर्वाधार र शिक्षण पद्धतिमै व्यापक सुधार र हेरफेर गरिरहेको सन्दर्भमा उच्च प्राज्ञिक टिम निर्माणकै सिलसिलामा नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार डा.जोशीलाई नियूक्त गरेको हो ।
पोखरा विश्ववबिध्यालय अन्तरगतको हिष्ट कलेज सहित हाइड्रोपावर र अन्य महत्वपूर्ण पूर्वाधारहरुको निर्माण र सहित प्राध्यापनमा डा जोशीको अनुभव रहेको छ । नयाँ सत्रदेखी कलेजका प्रयोगशालालाई Digital Twin Technology लगायतका पछिल्ला प्रविधिगत सुबिधाहरुलाई अतिरिक्त शिक्षणका रुपमा बिधार्थीहरुलाई उपलब्ध गराउने उदेश्यले प्रयोगशाला र खेलकुदका पूर्वाधारमा समेत भारी लगानीको योजना कलेजले बनाएको कलेजका प्रिन्सिपल ई,दिपेन्द्र जम्कट्टेलले जानकारी दिए ।
त्रि.बि अन्तरगतका सिभिल कम्यूटर-४८ र इलोक्ट्रोनिक्स ईन्निनियरिङ मा ४८ भर्ना सिटमा त्रि.बि.क्यालेन्डर अनुसार कलेजले भर्ना लिने ई. जम्कट्टेलले बताए । पछिल्लो दुईबर्ष कलेजले नयाँ प्रविधिलाई आत्मसाथ गर्दै प्रयोगशालाहरु थप गर्नुका साथै गुणस्तरिय र अनुभवि Teaching Faculty निर्माण गर्दै कलेजको नाम सहित व्यस्थापकिय नेतृत्वमा व्यापक हेरफेर गरिरहेको विभागिय प्रमुख इं रुपेश यादवले जानकारी दिए ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस