दुई मन्त्रीलाई राखेर बालेनले लेखे, 'देश बनाउने टोली'
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको संयुक्त तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । कालो पहिरनमा सजिएका उनले पोस्टमा पीएम, एचएम, आईएम, लेखेका छन् । अर्थात् प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर।
आइतबार फेसबुकमा तस्वीर पोस्ट गर्दै प्रधानमन्त्री शाहले ‘प्रधानमन्त्री, गृहमन्त्री, पूर्वाधारमन्त्री -देश बनाउने टोली !’ लेखेका छन् । सार्वजनिक गरिएको तस्वीरमा प्रधानमन्त्री शाह दुवै मन्त्री सँगसँगै देखिएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनपछि सार्वजनिक भएको हो । तस्वीरमा रहेका गृहमन्त्री गुरुङ केही दिनअघि मात्रै पुन: गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन् । सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठेपछि उनले गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । त्यसयता गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए ।
गत साता मन्त्रिपरिषद्को पुनर्गठनपछि गुरुङ पुन: गृहमन्त्री नियुक्त भएका थिए भने लम्साल भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् । दुवै मन्त्री प्रधानमन्त्री शाह निकट मानिने नेताका रूपमा समेत चिनिन्छन् ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस