• शनिबार २-३०-२०८३/Saturday 06-13-2026
खेलकुद

मेक्सिको र दक्षिण कोरियाको जित

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता २०२६ को उद्घाटन खेलमा बिहिबार राति सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको छ । मेक्सिकोले विजयी सुरुआत गरेर ८० हजार ८२४ दर्शक उपस्थित रङगशाला गुञ्जयमान बनायो । मेक्सिकोका लागि पहिलो खेलमा जुलियन क्विननोन्स र राउल जिमिनेजले गोल गरे। मेक्सिकोकले नवौँ मिनेटमै सफलता प्राप्त गर्यो ।

 

दक्षिण अफ्रिकाका डिफेन्डरको गल्तीमा बल पाएपछि क्विननोन्सले गोल गरेका थिए । खेलको ६६ औँ मिनेटमा कोलम्बियाका अनुभवी खेलाडी जिमिनेजले हेड गोल गरी मेक्सिकोको अग्रता दिलाए । 

 

यस्तो बिहानको दोस्रो खेल अन्तर्गत शुक्रबार दक्षिण कोरियाले जित हात पारेको छ । एसियाली फुटबलका हेभिवेट कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएर महत्वपूर्ण तीन अङ्क प्राप्त गरेको हो । दक्षिण कोरियाको जितमा ह्वाङ इन बियोम नायक बने । उनले एक गोल गर्नुका साथै दोस्रो गोलमा सहयोगीको भूमिका निर्वाह गरे । 

 

मध्यान्तरपछिको खेलमा भने दुवै टिमले थुप्रै गोल गर्ने अवसर बनाए । खेलको ५९ औँ मिनेटमा डिबक्समा लामो थ्रो बाट आएको बललाई कप्तान लाडिस्लाभ क्रेसीले हेडमार्फत् गोलपोस्टमा छिराएर चेकलाई अगाडि पारे । तर आठ मिनेटपछि नै ह्वाङले डिबक्समा दुई खेलाडीलाई छक्काउँदै दर्शनीय गोल गरेर स्कोर बराबर बनाएका थिए ।

 

नेदरल्यान्ड्सको क्लब फेयनउडबाट खेल्ने मिडफिल्डर ह्वाङले निर्धारीत समय सकिन दस मिनेट बाँकी छँदा डिबक्समा मिलाइदिएको सटिक क्रसमा ओ हियोन ग्युले ट्यापिङमार्फत गोल गरेपछि दक्षिण कोरियाले जित हासिल गरेको थियो । एपी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार