चौध वर्षपछि पलेँटीमा पुन : गोले
काठमाडौं । अंग्रेजी महीनाको अन्तिम शुक्रवार र शनिवार नेपालयको ुआरुसालामा आयोजना हुँदै आएको पलेंटीमा यसपाली दार्जिलिङ्का प्रसिद्ध गायक पवन गोले प्रस्तुत हुने भएका छन् । पवनले आजभन्दा १४ वर्ष पहिले पनि पलेँटीमा आफ्नो गायन प्रस्तुत गरेका थिए । पवनले यसपालीको पलेँटीमा आफ्ना पुराना गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन् । नयाँ गीतहरूमा सङ्गीतकार रमेश गुरुङद्वारा धुन भरिएका गीतहरू समेटिएका छन् । जसका निम्ति हार्मोनियम समातेर रमेश गुरुङ र माइक समातेर पवन गोले अभ्यासमा जुटिरहेका देखिन्छन् । पलेँटीका कलाकारहरूले उनीहरूलाई साथ दिइरहेका छन् ।
पलेँटी कार्यक्रम नेपाली आधुनिक सङ्गीतलाई प्राथमिकता दिँदै शुरू भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको हो । पवन गोले नेपाली साङ्गीतिक जगतका नेपालीभाषी श्रोता बीच परिचित नाम हो । खासगरी( ुहावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छु पवन गोलेको स्वरमा सर्वाधिक लोकप्रिय गीत हो । उनी दार्जिलिङको साङ्गीतिक जगतमा लामो समयदेखि क्रियाशील कलाकार हुन् ।
दार्जिलिङमा उहिले 'सङ्ग एण्ट ड्रामा युनिट' नामको संस्था हुने गर्थ्यो । उतिबेला पश्चिम बंगाल सरकारको मातहतको त्यो संस्था पछि गएर जिटिए ९गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन० अन्तरगत समायोजन भयो । जसको नाम 'इन्फरमेसन एण्ड कल्चर डिपार्टमेन्ट' रह्यो । पवन गोलेले त्यही संस्थामा कलाकारको रुपमा सेवारत रहेर सन् २०२१ मा अवकास प्राप्त गरे । तर सङ्गीतको मोहबाट उनी अहिले पनि अवकास लिन रुचाउदैनन् । त्यसैले गायनमा क्रियाशील रहिरहेका छन् ।सङ्गीतकार सुवर्ण लिम्बूको धुनमा सजिएको गीत 'हावासँग बगूँ भन्छु गीतबाट नेपाली सङ्गीत जगतमा चिनिएका पवनले अनगिन्ति गीत गाएका छन् तर उनको गायन, आम नेपाली श्रोतामाझ मनग्य हुनेगरि प्रस्तुत भएका छैनन् । त्यही यथार्थलाई अनुभूत गरेर पलेँटीले यसपाली उनलाई दोहोर्याएर काठमाडौं निम्त्याएको हो ।
पवनले यसपाली सुवर्ण लिम्बूको नयाँ धुनका साथै पारस गजमेर, बसन्त छेत्री, प्रदीप छेत्री र रमेश गुरुङले सङ्गीत भरेका गीतहरू प्रस्तुत गर्नेछन् । पवनको पलेँटीमा समेटिएका गीतकारमा शिवशंकर थापा, नरदेन रुम्बा, जितेन्द्र बर्देवा, जस योञ्जन प्यासी, पुरन गिरि, सुरेन थिङ, संजय बान्तवा, संजय बिष्ट, कालूसिंह रनपहेली, प्रमोद स्नेही र अरुण तिवारी रहेका छन् । पवन गोले सन् २०१२ मा पनि पलेँटी कसिसकेका गायक हुन् । उतिबेला उनले विभिन्न सङ्गीतकारका धुनहरूमा सजिएका गीत सुनाएका थिए । यसपालीको पलेँटीमा आधा पुराना र आधा नयाँ सङ्गीतहरू समेटेका छन् । नयाँ धुनहरूमा सङ्गीतकार रमेश गुरुङको साथ रहनेछ ।
पहिलो पल्ट सन् २०१२ मा पलेँटी कसेको सम्झना गर्दै पवन गोले भन्छन्, 'यसभन्दा पहिले पलेँटीमा आउँदाको सुन्दर अनुभूति मनबाट नमेटिँदै फेरि पनि यो मञ्चमा आएको छु । झन् यसपाली साथमा सङ्गीतकार रमेश गुरुङ भाइ छन् । आशा छ मेरो सृजनाकर्ममा नयाँ पुराना दर्शक, श्रोताको मनग्य माया पाउनेछु ।' खुल्ला हाँसोमा देखिन्छन् उनी ।
छेउमा हार्मोनियम खेलाइरहेका सङ्गीतकार रमेश गुरुङको पनि पलेँटीमा यो दोस्रो सहभागिता हो । उनी भन्छन्, 'सन २००६ को पलेँटीमा दावा ग्याल्मो दिदीलाई हार्मोनियममा साथ दिन आएको थिएँ । यसपाली त सङ्गीतकारको भूमिका निभाउन पाएको छु । त्यो पनि अग्रज पवन दाजुसँग । साह्रै खुशी छु ।' पलेँटी कार्यक्रम यही अप्रिल महिनाको अन्तिम शुक्रबारस २४ तारिखस र २५ तारिख शनिवारका दिन आयोजना हुनेछ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस