सभामुखमा अर्याल निर्विरोध चयन
काठमाडौँ । प्रतिनिधि सभामा नयाँ सभामुखको पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध चयन भएका छन्। संसद् सचिवालयले दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरेपछि अर्यालको मात्रै नाम दर्ता भएकाले उनी स्वतः सभामुखमा चयन भएका हुन्।
उम्मेदवारी दर्ताका लागि समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो। अर्यालको उम्मेदवारी रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए भने अर्थमन्त्री स्वर्णिम वाग्ले, कानून मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले समर्थन जनाएका छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो। उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस