• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
मनोरञ्जन

घिमीरेको ‘मायाको पोको’ मा प्रेम र धोका

काठमाडौं । ‘मायाको पोको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जयराम घिमिरेको आवाजमा उक्त गीत सार्वजनिक भएको हो । घिमिरेकै शब्दमा तयार भएको  गीतमा गायक घिमिरेलाई गङ्गा सोनाम र रेनुका खतिवडाले साथ दिएका छन् । 

 

गीतको लय तथा एरेन्ज सुफिक्स मदनको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गर्नुभएको छ । उमेश कार्की युके निर्देशित गीतमा दीपेन्द्र सोनाम, विनिता खड्कालगायतको अभिनय रहेको छ । 

 

रोशन धितालको सम्पादन तथा कलरिङ रहेको गीतलाई जयराम घिमिरे युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । मुख्यतया गीत प्रेम र धोकाको वरिपरि घुमे पनि गीतले माया गर्ने प्रेमिको भित्री अन्तरआत्माको कथा उजागर गर्ने गायक घिमिरेले बताए । 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार