कांग्रेसले विपद् पीडित राहत कोषमा ५० लाख सहयोग गर्ने
काठमाडौं। नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले पीडित राहत कोषमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।
कोषमा रकम सहयोग गर्नका लागि सांसदहरुले १५ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ ।यसैगरि,नेपाली कांग्रेसले सय दिने विशेष अभियानलाई दशैंपछि गर्ने गरी सारेको छ ।
७ असोजदेखि तय भएको अभियान कोजाग्रत पूर्णिमा पछि सुरु गर्ने गरी स्थगित गरिएको हो। कांग्रेसले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस