• शनिबार ६-१९-२०८१/Saturday 10-05-2024
बिश्व

दिल्लीले पायो नयाँ मुख्यमन्त्री

काठमाडौं । आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

 

आतिशीसँगै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले पनि मन्त्री पदको शपथ लिएका छन्। आतिशीको कार्यकाल चार महिना हुनेछ ।

 

तिहाड जेलबाट छुट्ने बित्तिकै अरविन्द्र केजरीवालले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए। आफ्नो विकल्पमा केजरीवालले आतिशीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।  यो संगै मंगलबार आम आदमी पार्टीको विधायक मण्डलको बैठक राखेर आतिशीलाई दल नेता चुन्ने कार्यक्रम रहेको छ। 

 

४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् । यसअघि भारतीय जनता पार्टी (बीजेपी) की सुश्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएकी थिइन् । स्वराज जम्मा ५२ पदन मुख्यमन्त्री रहिन् भने शिला तीन पटक गरी १५ वर्षभन्दा बढी दिल्लीमा शासन गरिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार