घट्यो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य १६३ र १५४
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।
मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस