• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
राजनीति

लिङ्देनले च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।

 

उनले भने, ‘म आफैँले आफैँलाई हेर्दा कम आक्रोश हुने कम रिसाउने मान्छे हुँ, रिसपनि उठ्छ, कहिलेकाहिँ रिसपनि पोखिन्छ । एक छिन रिसाउने र पछि मन बुझाउने मान्छेको रूपमा आफूलाई ठान्छु तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्‍यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर ९पुस्तिका च्यात्दै० यसरी हुर्‍याउने मन छ तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो त्यहाँ नहुर्‍याएर यहाँ राख्छु ।

 

सांसद लिङ्देनले सामान्य लाज घिन  नमानेर राज्य संयन्त्रमाथिको मनपरी कति दिन मानिसहरूले सहेर बस्ने हो भन्दै प्रश्न गर्दै बजेट पुस्तिकामा जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर जिल्लाको नाम नै नराखीपनि बजेट व्यवस्था गरिएको बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार