• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
मनोरञ्जन

'मेरो त्यो लडाई म पुरा लड्न चाहन्छु'

मुम्बई । पुरानो फिल्म ‘हम साथ—साथ है’ १९९९—२००० ले कुनै जमानामा बलिउडमा रेकर्ड कायम गरेको थियो । त्यो समय फिल्मले ८१ करोड भन्दा बढिको कमाई गरेको थियो । यसै फिल्मको एउटा कलाकारलाई अहिले बलिउड फिल्म जगतले बिर्सेको छ । ती कलाकार अहिले बलिउडबाट हराएकी छिन् । ती कलाकार हुन कल्पना अय्यर । त्यो समय यी नायिका बोल्ड र सुन्दर डान्सरको रुपमा फिल्म जगतमा चिन्निथिन । केही समय अघि उनले भारतीय वेभसाइट वेभ दुनियाँसँग आफनो बारेमा केही कुराकानी गरेकी थिइन । उनीसँग गरिएको यो कुराकानी :

 

आजकल तपाई कता हुनुहुन्छ ? 
म आजकल दुबईमा छु । फिल्म ‘हम साथ साथ है’ को बेला मेरो निजी जिन्दगीमा धेरै कुराहरुको उतारचढाव भयो, त्यसैले पनि म दुबई आएकी हुँ । यो देशले मेरो धेरै नै हेरबिचार गरेको छ । म यहाँ एउटा जागिरको सिलसिलामा आएकी थिए । त्यो कम्पनीसँग मैले लगभग १६ वर्ष काम गरे र म काममा धेरै रमाएकी थिए । तर पछि मैले त्यो कम्पनीसँग काम छोडनु पर्‍यो । त्यसपछि मैले अर्को जागिर खोजी गरे र पाए । त्यहाँ मैले साढे चार वर्ष काम गरे तर मैले त्यहाँ काम गरे अनुसारको फल पाइन । जुन कुराले मलाई अहिले पनि झकझकाईरहन्छ । त्यहाँ मैले क्याटरिङको व्यवसाय गरेकी थिए । त्यो कस्तो थियो भन्न सकिने अवस्था छैन । अहिलेको समय मलाई यो केही मुश्किल पनि हो जस्तो लाग्छ । तर मेरो त्यो लडाई म पुरा लड्न चाहन्छु । यो कुरा एक वर्ष पहिलाको भए पनि म यो लडाई अवश्य लड्छु । 

 

तपाई फिल्म क्षेत्रबाट टाडा हुनुभयो, यो क्षेत्रलाई कतिको सम्झनुहुन्छ ?
यदी मैले फिल्म क्षेत्रलाई सम्झिदैं सम्झन्न भन्छु भने त्यो मैले झुट बोलेको हुन्छ। मैले लगभग बीस वर्ष फिल्म क्षेत्रमा काम गरे । त्यसैले पनि म फिल्म क्षेत्रलाई धेरै नै सम्झिन्छु । यदी मेरो भाग्यमा फेरी फिल्म क्षेत्रमा फर्किने लेखेको रहेछ भने म अवश्य फर्किन्छु । म फिल्म, सिरियल र वेभ सिरिज कतै पनि काम गर्न सक्छु । म यो चाहन्छु कि मान्छेहरुलाई मलाई पनि काम दिनुपर्छ भन्ने लागोस् र उनीहरु म सँग म किन अभिनय गर्न चाहन्न भन्ने कुरा बुझन् आउन । मलाई जति पनि मान्छेले चिन्छन् उनीहरुलाई म कति आज्ञाकारी छु भन्ने कुरा उनीहरुलाई थाहा छ । कुनै पनि फिल्ममा भुमिका सानो होस् या ठुलो म त्यसमा बिश्वास गर्दिन । म त्यसमा मैले गर्ने भुमिका कति जरुरी छ भन्ने कुरा ठुलो हो भन्ने मात्र सोचेर हिड्छु।

 

तपाई अझ पनि आफना पुराना फिल्मका साथीहरुसँग सम्पर्कमा हुनुहुन्छ ? 
केही एकदमै मिल्ने साथीहरु छन् म उनीहरुको सम्पर्कमा नै हुन्छु । म उहाँहरुको नाम भने लिन चाहन्न । यो किनभने मलाई उहाँहरुको नाम लिएर कुनै प्रकारको प्रचारप्रसार गर्नु छैन । ती केही साथीहरु मेरो लागी धेरै नै खास छन् । उनीहरुलाई पनि यो कुरा थाहा छ कि उनीहरु आज पनि मेरो मनको नजिक छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार