• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
मनोरञ्जन

कालीप्रसाद, साकार र एक्सिस व्याण्डले अष्ट्रेलियाका ८ सहरमा कन्सर्ट गर्ने

काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, ¥यापर साकार र एक्सिस व्याण्डले छुट्टा छुट्टै मितीमा अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्ने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट(पीभीई) नेटवर्कको व्यवस्थापन तथा अष्ट्रेलियाको स्थानीय आयोजक हुल्या इभेन्ट्स एण्ड स्ट्रेट आउटा हिमालयजको आयोजनामा काली, साकार र एक्सिसले कन्सर्ट गर्न लागेका हुन् ।

 

स्थानीय आयोजकका अनुसार एक्सिसले ‘रोड टु २४–अष्ट्रेलिया टुर’ नामक कन्सर्ट जुलाई ३ देखि आठ सहरमा कन्सर्ट गर्नेछ । व्याण्ड एक्सिसको ‘ब्ल्याक एण्ड ह्वाइट’, ‘माफ गर’, घर गाउँ’ र ‘पाइला’ एलबम बजारमा आइसकेका छन् । व्याण्डले सात वर्षपछि अष्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो । व्याण्डले अष्ट्रेलियामा ‘अधुरो प्रेम’, ‘माफ गर’, ‘मुस्कान’, ‘एकचोटी’, ‘मेरो प्रेम’, ‘पाइला’लगायतका गीत सुनाउनेछ ।

 

गत फेब्रुअरी १४ मा व्याण्डले चितवनको सौराहामा आठ हजार दर्शकमाझ कन्सर्ट गरेको थियो । यो व्याण्ड यसै वर्ष काठमाडौंमा आयोजना हुन लागेको ‘रेडियो कान्तिपुर नेसनल म्यूजिक अवार्ड २०८०’मा ‘बेस्ट ब्याण्ड’ विधाको मनोनयनमा पनि परेको छ । व्याण्डमा सन्दिप विश्वकर्मा(भोकल), अमूल्य श्रेष्ठ(ड्रम) छन् भने गीतारमा निखिल सिकर्मी, रोशन लामा र सजिन महर्जन छन् । उनीहरुले अष्ट्रेलिया टुरअघि यही जुनमा लाइभ शोमार्फत ‘घर गाउँ’ र ‘पाइला’को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्दैछन् ।

 

‘लिटिल बुद्ध’का रुपमा परिचित ¥यापर साकारले अष्ट्रेलियाबाट ‘डेब्यू’ सांगीतिक टुर गर्न लागेका हुन् । उनी अगष्ट १० देखि अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्दैछन् । उनको टिममा क्यारे महर्जन(ड्रमर) र निरज बराइली(सुट डिरेक्टर एण्ड कन्सोल हेड) रहनेछन् ।

 

क्यारे नेपाली संगीत क्षेत्रमा चिनिएका र अनुभव ड्रमर हुन् । उनले केन्जल मेहर श्रेष्ठ र सोमिया बराइलीको लाइभ शोमा सांगीतिक सहकार्य गरिसकेका छन् । साकारले हालैमात्र ‘नेप–हप ड्रिप’ नामक गीत सार्वजनिक गरेका थिए । यो गीत युट्युब ट्रेन्डिङको १३ औं नम्बरमा छ ।गायक बासकोटाले सेप्टेम्बर १५ देखि ‘१५ इयर्स अफ कालीप्रसाद बासकोटा’ नाममा अष्ट्रेलिया टुर गर्दैछन् ।

 

कार्यक्रम व्यवस्थापनमा १७ वर्षदेखि सक्रिय पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् । उनीहरुले नेपथ्यदेखि बालेन(हाल काठमाडौं महानगरपालिका मेयर), झिल्के एण्ड द कम्पनीसम्मका संगीतका तीन पुस्ताको कार्यक्रमको व्यवस्थापन गरेको अनुभव संगालिसकेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार