• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
डबली

किम्फः महिला फिल्ममेकरको उत्सव

 

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा महिला कलाकार धेरै भए पनि महिला निर्देशक र महिला प्राविधिकको संख्या पुरुषको तुलनामा निकै कम छ। यही पक्षलाई मनन गरी २१ औं किम्फमा महिला निर्देशकका फिल्महरुलाई विशेष महत्वका साथ समावेश गरिएका छन्। महोत्सवको दोस्रो दिन महिला निर्देशकहरुका फिल्म प्रदर्शनसँगै महिला विशेष छलफलसमेत आयोजना भयो।

 

निर्देशक आकांक्षा कार्की, विदुषी गिरी, सरिता साह र डिना मुफ्टीका साथमा फिल्ममा महिलाको निर्णायक भूमिकाले पार्ने प्रभावहरुबारे ‘वुमन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा चर्चा भएको हो।  

 

अमेरिकी राजदूतावासको सहप्रस्तुतिमा रहेको सेसनको प्रारम्भमा नेपालका लागि अमेरिकी राजदूतावासकी इन्फर्मेसन अफिसर मिस जेहरा नाकभीले आफ्नो धारणा राखेकी थिइन्। उनले भनिन्, ‘क्यामेरामा महिलाहरुको सहभागिता र अनुभवका कुराहरुलाई आज हामी सेलिब्रेट गरिरहेका छौं। अहिलेका यिनै महिला फिल्ममेकरहरु भविष्यका महिला फिल्ममेकरका लागि प्रोत्साहनका स्रोत हुन्।’ 

 

मिस जेहराले कथावाचनले मानिसको मनस्थिति र आवेगलाई प्रस्तुत गर्ने भएकोले कथा सशक्त माध्यम रहेको समेत बताइन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार