• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
अर्थ

आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट सार्वजनिक,उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आज संसदको संयुक्त बैठकमार्फत १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको छ ।

 

  अर्थमन्त्री  पुनले पाँच लाखलाई प्रत्यक्ष तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी वर्षलाई सूचना प्रविधि हबको प्रस्थान वर्षकारुपमा अगाडि बढाइने बताउनु भयो ।

 

 

विद्यालयमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि सरकारले ६० करोड रकम विनियोजन गरेको छ । अतिविपन्न र सिमान्तीकृत वर्गका बालबालिकाका लागि शिक्षामा सहज पहुँचका लागि कक्षा नौ देखि १२ सम्म प्रदान गरिँदे आएको छावृत्तिको लागि ६० करोड रकम विनियोजन गरीएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार